
बुधवार , फाल्गुण १९, २०७७
काठमाडौं, १९ फागुन। केही महिना अघिदेखि उकालो लागेको नेप्से परिसुचक केही दिनयता ओरालो लाग्ने क्रम जारी छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार आज नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ विन्दुमा झरेको हो। आज ‘क’ सेन्सेटिभ सूचक ७ दशमलव १२ अंकले घटेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।
आज २ सय १२ वटा कम्पनीको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको एक्स्चेन्जले जनाएको छ। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।
बुधबार साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य उच्च रुपले बढ्दा व्यापार उपसमूहको सूचक बढेको छ भने चन्द्रागिरीको शेयरमूल्य बढ्दा होटल तथा पर्यटन उपसमूहको सूचक बढेको छ।
यता चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनर र नेश्नल हाइड्रो पावरको पनि क्रमशः ८ दशमलव १६ प्रतिशत र ४ दशमलव ९३ प्रतिशतले बढेको छ।
उता एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६ दशमलव ३६ प्रतिशतले घटेको छ भने बरुण हाइड्रोको ६ दशमलव ०६ प्रतिशतर नेपाल दुरसञ्चार कम्पनीको ५ दशमलव ७४ प्रतिशतले घटेको छ। नेप्से ओरालो लागेसँगै लगानीकर्तामा निराशा छाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij