२०८२, चैत्र १२ गते

Mar 26 2026 | २०८२, चैत्र १२ गते

बसडिलवा शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने

सोमवार , भाद्र १७, २०८१

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १७ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित शिव मन्दिरमा शिव पुराण महायज्ञ हुने भएको छ । ऐतिहासिक शिव मन्दिरको पुर्ननिर्माण, सुन्दरीकरण तथा धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले मन्दिर सञ्चालक समिति र सनातनी युवा मञ्चबीचको समझदारी अनुसार मन्दिर परिसरमा महायज्ञ हुने भएको हो । 

    आगामी कार्तिक ५ देखि १५ गतेसम्म हुने महायज्ञका लागि मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै विभिन्न १२ वटा उपसमितिसहित उपसमितिको संयोजक तोकिएको छ ।

    धर्मको प्रचारप्रसार तथा धर्मप्रति आस्था जगाउने, धर्मको पथमा लाग्न प्रेरित गर्ने, जुवातास, लागूऔषध दुव्र्यसनी जस्ता कुलतमा लागेको युवाहरुलाई सत्मार्गमा लाग्न प्ररित गर्ने उद्देश्यले शिव पुराण महायज्ञ सञ्चालन गर्न लागिएको शिव मन्दिर सञ्चालक समितिले जनाएको छ ।