
बिहिवार , फाल्गुण २०, २०७७
भैरहवा, २० फागुन ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले कलेजो प्रत्यारोपणको लागि आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले पूर्वी नवलपरासी (नवलपुर) को गैडाकोट नगरपालिका–१२ का ४७ वर्षिय गोविन्द बस्नेतलाई सहयोग गरेको हो ।
बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी क्लबले गोविन्दका आफन्त (भतिजो) विकास बस्नेतलाई ७५ हजार १ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रि ३२५ बी २ नेपालका पाष्ट डिष्ट्रिक गभर्नर एमजेएफ अरुण प्रताप राणाले समाजमा गरिने पुण्य कामको मुल्यांकन हुने बताए । उनले रकम थोरै भए पनि यसले अमृतको काम गर्ने विश्वास व्यक्त गरे ।
क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले गोविन्द बस्नेतको कलेजो प्रत्यारोपणको लागि अन्य संघ–संस्थालाई पनि सहयोग गर्न आग्रह गरे । उनले आगामी दिनमा क्लबको गरिमा बढ्ने खालका थप रचनात्मक कार्यक्रमहरु गर्ने बताए ।
त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रि ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले सेवा गर्नु नै लायन्सको मुलमन्त्र भएको बताए । उनले मानवीय सेवालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले डिष्ट्रिकमा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले कोभिड–१९ को बेला स्थापना भएको क्लबले रचनात्मक कार्य गर्दै आएको बताए ।
गोविन्द बस्नेतका आफन्त विकास बस्नेतले कलेजो प्रत्यारोपणको लागि आर्थिक सहयोग गर्ने लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले धन्यवाद व्यक्त गरे । बस्नेतका अनुसार गोविन्दको उपचार भारतको दिल्लीस्थित अपोलो हस्पिटलमा उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा प्रारम्भिक उपचारपश्चात उनको उपचार दिल्लीमा भइरहेको छ । गोविन्द चौधरी गु्रप (सि.जी.) मा प्राविधिकको रुपमा कार्यरत रहेको उनको आफन्तले जनाएका छन् ।
कार्यक्रम संयोजक शोभा गुरुङको स्वागत, क्लबका संस्थापक सदस्य हेमन्त जोशीको ध्वजा अभिवादन तथा सचिव भिम बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
क्लबले यस अघि पनि आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गरेको क्लबका प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij