२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगर–४ वडा कार्यालयद्वारा मदरसाका विद्यार्थीलाई पोशाक वितरण

बिहिवार , भाद्र २०, २०८१

भैरहवा, २० भदौ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले वडामा रहेको मदरसा कादरिया मिस्बाहुल ओलुममा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । वडा कार्यालयले बुधबार एक कार्यक्रमकाबीच दोगहरास्थित मदरसामा अध्ययनरत १४४ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले बताए । 

वडा अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक लगाएर मात्र विद्यालय जाने वातावरण बनोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको अध्यक्ष यादवले बताए । सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले शिक्षा क्षेत्रको विकासका निम्ति लागिपरेको बताए ।

गत वर्ष पनि मदरसामा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा सदस्य तथा पोशाक वितरण कार्यक्रमका संयोजक सईद अहमद धुनियाले बताए ।

आगामी हप्ता श्री नव दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिने वडा सदस्य हरि बहादुर के.सी.ले जानकारी दिए ।

WhatsApp Image 2024-09-05 at 4.12.49 PM (2).jpeg
WhatsApp Image 2024-09-05 at 4.12.45 PM (1).jpeg
WhatsApp Image 2024-09-05 at 4.12.50 PM.jpeg