
शुक्रवार , भाद्र २१, २०८१
भैरहवा, २१ भदौ ।
रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । मर्चवारी–२ स्थित अमवामा सञ्चालित आँखा अस्पतालमा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या देखिएमा गाउँपालिकाको सिफारिसबाट श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया हुने मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताए ।
गाउँपालिकाबासीको आँखा चेकजाँचको क्रममा मोतियाबिन्दु भएको पाइए गाउँपालिकाको सिफारिसमा निर्धारित अस्पतालमा शल्यक्रिया हुने उनले जानकारी दिए । शल्यक्रियाको क्रमम लाग्ने खर्च गाउँपालिका र अस्पतालले व्यहोर्ने अध्यक्ष बरईले बताए ।
अमवामा सञ्चालित आँखा अस्पताल वा श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या भएको पाइए वडा र गाउँपालिकाको सिफारिससहितका प्रक्रिया पूरा गरी बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिए । हालसम्म गाउँपालिकाबाट २ जनाले उक्त निःशुल्क सेवा लिइसकेको साहले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij