
बिहिवार , फाल्गुण २०, २०७७
बुटवल, २० फागुन ।
पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले ढुवानी व्यवसायी समिति रुपन्देहीका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच समितिका अध्यक्ष यम प्रसाद पाण्डे, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सल्लाहकार लोकराज पोखरेल, जित बहादुर भाट, माधव नेपाल, समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्कीले नवनिर्वाचित कार्यसमितिलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।
समितिका अध्यक्ष यम प्रसाद पाण्डेले दुई संस्थाबीच सहकार्यको पुरानो संस्कारलाई निरन्तरता दिएको बताए । पछिल्लो समय सरकारबाट लगातार पेट्रोलियम पदार्थको मुल्यवृद्घि गर्दा आफुहरुको व्यवसाय संकटमा परेको उनले दुःखेसो गरे । धेरै समस्याबाट गुज्रिरहेको बेला आफुहरुको पीडामा सरकार मलहम लगाउने आशा नै हराएको उनले बताए ।
कार्यक्रममा ढुवानी समितिको अध्यक्षमा श्यामराज हमाल ठकुरी दुई संस्था एकअर्काको पुरक भएको भन्दै व्यवसायिक हितका लागि एक भएर बढ्ने प्रतिवद्घता जनाए ।
हालै सम्पन्न ढुवानी समितिको अधिवेशनबाट नवनिर्वाचित अध्यक्षमा श्यामराज हमाल ठकुरीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा अनिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामकाजी क्षेत्री, द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, महासचिवमा रामप्रसाद गैरे, सचिवमा गोबिन्द श्रेष्ठ, कोषाध्यक्षमा शंकर कोइराला, सदस्यमा रामनारायण ठाकुर, कमलराज ढुंगाना, माधव प्रसाद आचार्य, र उज्जल केसी निर्वाचित भएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij