
शनिवार , भाद्र २९, २०८१
भैरहवा, २९ भदौ ।
रोट्रयाक्ट क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारी, रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्ध, रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी र रोट्रयाक्ट क्लब अफ तिलोत्तमाको संयुक्त आयोजनामा विभिन्न क्याम्पसहरुमा शेयर मार्केट तालिम सम्पन्न भएको छ ।
रोट्रयाक्ट क्लब अफ भैरहवाको संयोजकत्वमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित श्री भानु माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको क्लबले जनाएको छ । उक्त तालिमको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, भैरहवा शाखाको कर्मचारी सुधा मरासिनीले प्रशिक्षण दिनुभएको रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आकाश बस्यालले बताए ।
त्यस्तै रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीको संयोजत्वमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित श्री रुपन्देही लिलाराम माध्यमिक विद्यालयमा तालिम सम्पन्न भएको छ ।
श्री सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड, मणिग्राम शाखाका कर्जा प्रमुख तथा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पूर्वअध्यक्ष प्रदिप सापकोटाले तालिममा प्रशिक्षणमा दिनुभएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीकी अध्यक्ष मीना पराजुलीले बताइन् ।
त्यसै गरी रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको संयोजकत्वमा सियारी गाउँपालिका–४ श्री पब्लिक माध्यमिक विद्यालयमा तालिम सम्पन्न भएको छ । तालिममा रिलायबल लाईफ ईन्स्योरेन्सका भुमही शाखाका शाखा प्रमुख प्रबिन कंडेलले प्रशिक्षण दिनुभएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीका अध्यक्ष करुणा भुसालले बताइन् ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको संयोजक्त्वमा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमुना मा.वि.मा तालिम भएको छ । उक्त तालिममा मोहम्मद हसिमले प्रशिक्षण दिनुभएको रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धका अध्यक्ष विशाल के.सी.ले बताए ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत जोन १७ मा रोट्रयाक्टरले विद्यार्थीहरुलाई अतिरिक्त शिक्षा दिने उद्देश्यले तालिमको आयोजना गरिएको जोन १७ का जेड.आर.आर. अंकित पौडेलले बताए ।
यो पहिलो चरणको तालिम रहेको र अर्को चरणमा अझ व्स्तिृत रुपमा तालिम प्रदान गरिने पौडेलले जानकारी दिए । ‘तालिममा ४ सय भन्दा बढी विद्यार्थीहरुले तालिम लिएका छन् । यही भदौ ३१ गते सोमबार बाँकी ३ क्लबको संयोजकत्वमा पुनः शेयर मार्केट तालिम विभिन्न क्याम्पसमा हुनेछ,’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij