२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

सोमवार , भाद्र ३१, २०८१

भैरहवा, ३१ भदौ ।
जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा भएको गोष्ठीमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देही प्रहरी प्रमुख (एसपी) रंजित सिंह राठौर, पालिकाका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु लगायतको सहभागीता रहेको थियो ।

गोष्ठीमा रुपन्देही जिल्लाका स्थानीय तहहरुको आ.व. २०८०/०८१ को वार्षिक समीक्षा गरिएको जिल्ला समन्वय समितिका शाखा अधिकृत तथा सूचना अधिकारी  तुल्सीराम भण्डारीले बताए । भण्डारीका अनुसार गोष्ठी (कार्यक्रम) मा पालिकाहरुमा आएका समस्या, समस्या समाधानका लागि भएका पहल, पालिकामा बेरुजुको अवस्था, पाँच लाख भन्दा माथि र कमका योजना जस्ता विषयमा छलफल भएको थियो । गोष्ठीमा स्थानीय तहरुले त्यहाँ भएका मुख्य समस्याहरुबारे जानकारी गराएका थिए ।

पालिका प्रमुखहरुले स्थानीय तहसँग सम्बन्धित आवश्यक ऐन, कानून, नियमको समयमै निर्माण तथा आवश्यक कानूनहरुको समयसापेक्ष संशोधन गर्नुपर्ने, फोहोर प्रशोधन केन्द्र निर्माणको लागि जग्गा व्यवस्थापन आवश्यक रहेको, दरबन्दी अनुसार माग गरे बमोजिमको कर्मचारी पदपूर्ति हुन नसक्दा कार्यसम्पादनमा बाधा भएको, संघीय तथा प्रदेश सरकारसँगको समन्वयमा समस्या, योजना कार्यान्वयन सम्बन्धी पूर्व जानकारी सम्बन्धित लाभग्राहीलाई नहुँदा समस्या आएको, योजना स्थलमा पर्ने घर र जग्गा सम्बन्धी विवाद लगायत विभिन्न समस्या रहेको बताएका थिए ।

IMG_8265.JPG

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षता, समन्वय समिति सदस्य राजमन प्रसाद हरिजनको स्वागत तथा जिल्ला समन्वय अधिकारी कृष्ण प्रसाद खनालको सञ्चालनमा जिल्ला समन्वय समितिको सभाहल, भैरहवामा कार्यक्रम सम्पन्न भएको थियो ।