२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा हालसम्म ४७ प्रतिशत मत खस्यो

शनिवार , फाल्गुण २२, २०७७

भैरहवा, २२ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत कार्यसमिति सदस्य पदका लागि शनिबार मतदान प्रक्रिया जारी छ । निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार संघमा दर्ता भएका १ हजार ९ सय ४ जना  सदस्यमध्ये दिउँसो सवा १ बजेसम्म ९ सय जना अर्थात ४६ दशमलव २७ प्रतिशतले मतदान गरिसकेका छन् ।  

सदस्यहरुमा वाणिज्यतर्फ १० पदको लागि १९ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी उद्योगतर्फ ५ सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फ एक पद महिला सदस्यमा ४ जना चुनावी मैदानमा छन् ।

वाणिज्य तर्फको सदस्यमा प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरव श्रेष्ठ, अर्जुन कार्की, गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी, कृष्ण अधिकारी, रामवचन गुप्ता तेली, संचित खन्ना, प्रमोद रिजाल, दिनेशमान अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन र जवाहिर अग्रहरीले उम्मेदवारी दिएका छन् । उद्योग (महिला) सदस्यतर्फ पल्लवी न्यौपाने, मिनापन्थी, अनिशा शर्मा र विष्णु माया शर्मा  चुनावी मैदानमा छन् । 

उद्योग सदस्यतर्फ रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु, उमाशंकर मिश्रा, ओम जैसी, हरि बहादुर थापा, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, रचना क्षेत्री र सन्दिप पौडेलले उम्मेदवारी दिएका छन् ।

संघको कार्यसमिति सदस्य पदमा मात्र निर्वाचन भइरहेको छ । पदाधिकारी, वस्तुगत र एशोसिएट सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्षमा भिष्म प्रसाद न्यौपाने , वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण गोयन्का, उद्योग उपाध्यक्षमा दिलीप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, सचिवमा दिपेन्द्र प्रधान, कोषाध्यक्षमा गोविन्द ज्ञवाली, एशोसिएट सदस्यमा रोहित कुमार अग्रवाल र विकास गोयन्का, वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे र वाणिज्यतर्फ महिला सदस्य यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन आयुक्त शिव प्रसाद गौडेलले बताए ।

वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको निजी क्षेत्रको ठूलो संस्था हो ।