२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचनमा १ हजार ५ सय ६५ मत खस्यो

शनिवार , फाल्गुण २२, २०७७

भैरहवा, २२ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत कार्यसमिति सदस्य पदका लागि शनिबार मतदान कार्यक्रम सम्पन्न भएको छ । 

निर्वाचन समितिका अनुसार निर्वाचनमा १ हजार ५ सय ६५ मत अर्थात ८२ दशमलव १९ प्रतिशत मत खसेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो ।

सदस्यहरुमा वाणिज्यतर्फ १० पदको लागि १९ जना र उद्योगतर्फ ५ सदस्य पदको लागि ११ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै उद्योगतर्फ एक पद महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको थियो । 

वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको निजी क्षेत्रको ठूलो संस्था हो ।