२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विश्वव्यापी सम्मेलनमा सहभागी हुन सिद्धार्थनगरका मेयर खान कोरिया प्रस्थान

सोमवार , आश्विन ७, २०८१

भैरहवा, ७ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खान दक्षिण कोरियाको सियोलमा हुने स्वस्थ्य शहरहरुको लागि १० औं विश्वव्यापी सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

‘राम्रो भविष्यका लागि स्मार्ट र स्वस्थ शहरहरू’ भन्ने मूल नाराका साथ सम्मेलन यही असोज ९ गते देखि ११ गतेसम्म सञ्चालन हुनेछ । उक्त सम्मेलनमा जापान, कोरिया, भारत, इजरायल, नेपाल, युक्रेन, श्रीलंका, पाकिस्तान, मेनमार, टोङ्गा, फिलिपिन्स, मलेसिया, पलाउ, इजरायल, कम्बोडिया र युक्रेन लगायतका मुलुकबाट करिब १ हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहनेछ । 

सियोल मेट्रोपोलिटन सरकार र पश्चिमी प्रशान्त क्षेत्रमा स्वस्थ शहरहरूको लागि गठबन्धनद्वारा सह–आयोजनामा हुने उक्त सम्मेलनमा स्मार्ट, दिगो र स्वस्थ शहर निर्माणका लागि रणनीतिहरू बनाउने, उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्ने कार्यक्रम रहेको नगरप्रमुख खानले जानकारी दिए । 

धेरै मुलुकका नगरप्रमुख एवं नेतृत्वकाबीच हुने यो सम्मेलनमा नेपालको तर्फबाट सहभागीता जनाइ यहाँको जलवायु परिवर्तनको समस्या, स्वास्थ्य क्षेत्रमा भइरहेका सकारात्मक अभ्यास एवं दिगो नगर विकासका लागि भएका अनुभवहरु राख्ने र अरु मुलुकमा भएका सकारात्मक पहल सिक्नको लागि सम्मेलन महत्वपूर्ण हुने समेत उनले बताए ।