२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

यस्तो रहयो सिद्धार्थ उद्योग वाणिज्य संघको चुनावी चहलपहल (फोटोफिचर)

शनिवार , फाल्गुण २२, २०७७

भैरहवा, २२ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत कार्यसमिति सदस्य पदका लागि शनिबार मतदान कार्यक्रम सम्पन्न भएको छ । 

निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार निर्वाचनमा १ हजार ५ सय ६५ मत खसेको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । मतगणना अहिले राती ८ बजेदेखि सुरु हुने बताइएको छ ।

सदस्यहरुमा वाणिज्यतर्फ १० पदको लागि १९ जना र उद्योगतर्फ ५ सदस्य पदको लागि ११ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै उद्योगतर्फ एक पद महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको थियो । 1 (3).jpg

वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको निजी क्षेत्रको ठूलो संस्था हो । 1 (12).jpg1 (2).jpg1 (7).jpg1 (14).jpg1 (6).jpg