२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलका ७ मासु पसललाई जरिवाना

शुक्रवार , आश्विन ११, २०८१

बुटवल, ११ असोज । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ७ वटा मासु पसललाई कारवाही गरेको छ । पटकपटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०/१० हजार जरिवाना गरिएको नगरपालिकाका पशु विकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले बताए ।

बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र न्यू पहाडिया मासु पसललाई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलोपटक बधशालाको मासु नबेच्नेलार्ई १० हजार जरिवाना गरिएको उनले जानकारी दिए ।

दोस्रोपटक २५ हजार र तेस्रो पटक अनुगमन गर्दा पनि बाहिर बध गरेको मासु विक्री गरेको पाइए ५० हजार जरिवाना हुने र त्यसपछि पनि बध नगरिएको विक्री गरिएको पाइए पसल नै बन्द गरिने शाखा प्रमुख बन्जाडेले बताए ।

बुटवल उपमहानगरपालिको बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको र अनिवार्य रुपमा वधशालामा बध गरिएको मासु मात्रै विक्रीवितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न उनले आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले चाडपर्व नजिकिएसँगै अनुगमनलाई अझ तीव्रता दिइने बताइन् ।