२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

सिद्धार्थ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

आइतवार , फाल्गुण २३, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २३ फागुन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भिष्म प्रसाद न्यौपाने (सर्वज्ञ)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संघमा पदाधिकारी, वाणिज्य (महिला) सदस्य, वस्तुगत सदस्य र कर्पोरेट सदस्यमा निर्विरोध निर्वाचित भए पनि कार्यसमिति सदस्य पदमा भने निर्वाचन भएको थियो ।

    संघको वरिष्ठ उपाध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्पोरेट उपाध्यक्षमा अरुण कुमार गोयनका, उद्योग उपाध्यक्षमा दिलीप कुमार कान्दु, वाणिज्य उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा विजय पाण्डे, सचिवमा दिपेन्द्र प्रधान र कोषाध्यक्षमा गोविन्द ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । 

    त्यस्तै कर्पोरेट सदस्यमा रोहित कुमार अग्रवाल र विकास कुमार गोयनका, वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे र वाणिज्यतर्फ (महिला) सदस्यमा यमकला न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले बताए ।

    त्यस्तै वाणिज्यततर्फको सदस्यमा संजय कुमार बेरिवाल (१ हजार ६०), प्रितम रौनियार (१ हजार ५८), प्रमोद रिजाल (१ हजार ४६), अर्जुन कार्की (१ हजार २५), धर्मवीर शर्मा (१ हजार ७), कमल प्रसाद मरासिनी (९ सय ४९), गोपाल भण्डारी (८ सय ६४), गौरव श्रेष्ठ (८ सय ४०), अभिनव मयुर कसौधन (८ सय ३७) र हरिश सेठिया (८ सय ३५) मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै वाणिज्यतर्फ सदस्यमा धर्मराज आचार्यले ८ सय १९, विशाल जैसवालले ८११, कृष्ण प्रसाद अधिकारीले ७ सय ८२, गंगासागर अग्रहरीले ६ सय ४३, त्रिलोकी प्रसाद तेलीले ६ सय २४, संचित खन्नाले ५ सय ४१, रामवचन गुप्ताले ५ सय २३ र दिनेश मान अमात्यले ४ सय ७० मत प्राप्त गरेका छन् । वाणिज्यतर्फ १० जना सदस्यको लागि १९ जनाले उम्मेदवारी दिएका थिए । 

    त्यस्तै उद्योगतर्फको सदस्यमा मंगल भण्डारी (१ हजार २ सय ८८), रमेश घिमिरे (९ सय ५०), रचना क्षेत्री (८ सय ८), भुवन कुमार कान्दु (७ सय ५१) र हरि बहादुर थापा (७ सय ३९) मत प्राप्त गरी निर्वाचित भएका छन् । उद्योगतर्फको सदस्यमा सुरेन्द्र प्रसाद पौडेलले ६ सय ८७, रामचन्द्र उपाध्यायले ६ सय ८३, ओम जैसीले ६ सय २०, उमाशंकर मिश्रले ५ सय ८, सन्दिप पौडेलले २ सय ८९ र पुरुषोत्तम लम्सालले २ सय ८१ मत प्राप्त गरेका छन् । उद्योगतर्फ ५ जना सदस्यको लागि ११ जनाले उम्मेदवारी दिएका थिए । 

    त्यस्तै उद्योगतर्फ (महिला) सदस्यमा पल्लवी न्यौपानेले ६ सय ५१ मत ल्याइ विजयी भएकी छन् । उद्योगतर्फ (महिला) सदस्यमा हेमा बेल्बासे (के.सी.)ले ४ सय १३, विष्णुमाया शर्मा पौडेलले २ सय ९८ र मीना पन्थीले १ सय ७२ मत ल्याएका छन् । उद्योगतर्फ एक जना (महिला) सदस्य पदको लागि ४ जनाले उम्मेदवारी दिएका थिए । १ हजार ९ सय ४ मतदाता रहकोमा निर्वाचनमा १ हजार ५ सय ६५ मत खसेको मुख्य निर्वाचन अधिकृत गौडेलले जानकारी दिए ।

    नवनिर्वाचित अध्यक्ष न्यौपानेले संघलाई अझै उचाइमा पु¥याउने बताए । उनले उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्ने बताए । 

    वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ हालसम्म निरन्तर रुपमा उद्योग व्यवसायीको पक्षमा काम गर्दै आएको निजी क्षेत्रको ठूलो संस्था हो ।