२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीमा पर्यटन व्यवसायीको चिन्ता : भैरहवाको विमानस्थल चलेन

आइतवार , आश्विन १३, २०८१

भैरहवा, १३ असोज ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आउन नसकेकोप्रति पर्यटन व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार उदासिन रहनु र केन्द्रका केही व्यवसायीले यसको सञ्चालनमा बाधा उत्पन्न गरेको सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताएका छन् ।

भैरहवामा सञ्चालित १२३ औ लिडरसीप स्किल्स डेभलपमेन्ट तालिमका प्रमुख अतिथि श्रेष्ठले भने, ‘पटकपटक सरकारसँग माग गर्‍यौं र आन्दोलन समेत गर्‍यौं । तर, विमानस्थल सञ्चालनमा ल्याउने कुरामा मात्र सरकार सीमित भयो । व्यवहारमा कार्यान्वयन हुन सकेन ।

तालिममा मुख्य वक्ता समेत रहेका अध्यक्ष श्रेष्ठले पर्यटन उद्योगका समस्याबारे चर्चा गरेका थिए । ‘अहिलेको सरकारले भैरहवा विमानस्थल सञ्चालनका निम्ति विभिन्न छुट सुविधा दिएको छ, केही आशा गर्न सकिन्छ तर, हाम्रो माग गर्ने र दबाब दिने अभियानलाई छोड्नुहुँदैन ।’ 

एलएसडीटीले विमानस्थलको पूर्ण सञ्चालनका निम्ति गरिने पहलमा हातेमालो समेत गर्नुपर्ने उनको भनाइ छ । एलएसडीटिले भैरहवामा राम्रो प्रभाव पार्दै गएको र तालिमको  निरन्तरताका निम्ति आफूले सक्दो सहयोग समेत गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

भैरहवास्थित एसियन बुद्ध होटलमा हरेक शनिबार बिहान ३ घण्टा लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम सञ्चालन हुँदै आएको एलएसडीटीका सचिवालय प्रमुख विरेन्द्र ज्ञवालीले बताए ।

WhatsApp Image 2024-09-29 at 8.33.47 AM.jpeg

अघिल्लो हप्ता १२३ औं श्रृंखलाका अध्यक्ष महिला उद्यमी तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य मीना पन्थी नेपालले धन्यवाद मन्तव्य व्यक्त गर्दै एलएसडीटी हरेक उमेरका व्यक्तिहरुका लागि आकर्षणको केन्द्र बनेको बताइन् । कार्यक्रम संयोजक तथा व्यवसायी दिपक जयसवालले मन्तव्यबाट  स्वागत गरेका थिए । कार्यक्रको सञ्चालन व्यवसायी संजय जैसवालले गरेका थिए भने प्रारम्भिक सहजीकरण व्यवसायी पुजा आचार्यले गर्नुभएको एलएसडीटी व्यवस्थापन सदस्य अनुपम अनुपम गुप्ताले बताए ।

निःशुल्क रुपमा सञ्चालन हुँदै आएको एलएसडीटीप्रति आकर्षण बढ्दै गएको सहजकर्ता सहयोगी पुजा आचार्यले बताइन् । कार्यक्रमको सञ्चालन सदस्यहरुको योगदानबाट हुँदै आएको आचार्यले जानकारी दिए ।

एलएसडीटी सदस्य रश्मी लोहनी पन्तले भनिन्, ‘एलएसडीटीमा  सकारात्मक संस्कार सिक्न पाइन्छ । एउटाको योगदानले अर्कोले लाभ पाउँछ भन्ने सिकेका छौं । त्यसैले सदस्यहरुले दबाब होइन प्रभावले योगदान गर्न खोजेका हौं । मसहित १३२ औ श्रृंखलाका पदाधिकारीहरुले पनि स्वेच्छिक योगदान गरेका थियौं ।

एलएसडीटिमा बाल मञ्च र युवा मञ्च पनि सक्रिय रहेको छ । एलएसडीटी युथ विराज गौतमले नेपालको संविधानबारे प्रस्तुति गरेका थिए । एलएसडीटीको संस्थापक तथा मुख्य प्रशिक्षक विजय पाण्डे हुन् । 

एलएसडीटीले आफ्नो कार्यक्रममा विभिन्न क्षेत्रका जानकारको अनुभव पनि सुन्दै आएको व्यवस्थापन समितिका मदन प्रसाद पौडेलले बताए ।