२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

संजय बेरिवाल : जसले वाणिज्यतर्फको सदस्यमा सबैभन्दा बढी मत ल्याए

आइतवार , फाल्गुण २३, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, २३ फागुन । 
    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा वाणिज्यतर्फको कार्यसमिति सदस्यमा सबैभन्दा बढी मत ल्याएर संजय कुमार बेरिवाल विजयी भएका छन् । बेरिवालले १ हजार ६० मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शिव प्रसाद गौडेलले जानकारी दिए । यस अघि पनि बेरिवालले संघमा कार्यसमिति सदस्य पदको जिम्मेवारी सम्हालिसकेको छन् । 

    वाणिज्यतर्फ धेरै मत क्रमश : (दोस्रो र तेस्रो स्थान) ल्याएर विजयी हुनेमा प्रितम रौनियार (१ हजार ५८) र प्रमोद रिजाल (१ हजार ४७) रहेका छन् ।