२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

घाघरा नदीमा व्यवस्थित पुल बनाउन माग

मंगलवार , आश्विन १५, २०८१

भैरहवा, १५ असोज ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दक्षिण पश्चिम घाघरा नदीमा कज्वेको सट्टा व्यवस्थित पुल बनाउन स्थानीयले माग गरेका छन । सिद्धार्थनगर नगरपालिका अन्र्तगत वडा नम्बर १० का स्थानीयको मंगलबार बसेको भेलाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुधबार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । घाघरा नदीको कज्वेबाट साइकलमा हिड्ने विद्यार्थीहरु लगायतले सास्ती खेप्नुपरेको भन्दै स्थानीय चिन्तित छन् । वडा नम्बर १० का वडाअध्यक्ष सुर्जमन यादवको नेतृत्वमा भएको भेलाले पुल बनाउने कुरामा जोड दिएको थियो । 

भेलालाई नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले संयोजन गरेका थिए । सो भेलामा सुर्योदय माविका प्रधानाध्यापक दुर्गा पाण्डे, शिक्षक विद्यार्थी, वडाका जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । 

अहिलेसम्म धेरै मोटरसाइकल समेत घाघरा नदीले बगाएको भन्दै समाधानका लागि पहल गर्न स्थानीयले आग्रह गरेका थिए । 

शनिबार बिहान अबिरल वर्षाका कारण रुपन्देहीमा आएको बाढीमा परी दुध बोक्ने गाडीसहित चालक र सह–चालकलाई घाघरा नदीले बगाएको थियो । गाडी आइतबार भेटिएको थियो भने चालक र सह-चालकको शव सोमबार फेला परेको थियो ।