२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

विपद् व्यवस्थापनमा कांग्रेस जिम्मेवार छ : भरत शाह

शनिवार , आश्विन १९, २०८१

  • 928
    Shares
  • 928
    Shares
  • रुपन्देही, १९ असोज । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ ले बाढीपहिरो पीडितलाई राहत स्वरुप आर्थिक संकलन गरेको छ । क्षेत्रीय समितिको आयोजनमा शनिबार बाढी पहिरो पीडित सहयोगार्थ तथा कार्यकर्ता भेटघाट कार्यक्रममा रु.१ लाख नगद संकलन भएको क्षेत्रीय समितिका सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कांग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाहले विपद् उद्वारमा सबै लाग्नुपर्ने बताए । विपद् जोखिम न्युनीकरण र व्यवस्थापनमा कांग्रेस जिम्मेवार भएको हुँदा यो अभियानमा तीनै तहका सरकार संवेदनशील बन्नुपर्नेमा शाहले जोड दिए ।

    कांग्रेसले बाढी पहिरो पीडित कोष खडा गरी देशव्यापी रुपमा राहत संकलन गरिरहेको बताउँदै क्षेत्रीय भेटघाटबाट आर्थिक संकलन भएकोप्रति उनले खुशी व्यक्त गरे । सार्वजनिक लेखा समितिका पुर्वसभापति समेत रहेका शाहले संकलित रकम कांग्रेसको केन्द्रीय समितिको बाढी पहिरो कोषमा पठाई केन्द्रीय समितिबाट नेपाल सरकारको कोषमा पठाइने उल्लेख गरे । राहतले बाढी पहिरो पीडितलाई मलम लगाउन सकिने उनको भनाइ छ ।

    गैडहवा गाउँपालिका वडा नम्बर ४ स्थित गैडाताल सहिद पार्कमा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, कांग्रेस लुम्बिनी प्रदेशका सदस्य चित्र बहादुर के.सी, जिल्ला सदस्यहरु, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, पार्टीका युवा नेता गोविन्द खनाल, नगर तथा पालिकाका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि, तरुण साथै शुभेच्छुक संघ–संस्थाका प्रमुख, कार्यकर्ता लगायतको सहभागीता रहेको थियो ।

    क्षेत्रीय सचिव कृष्ण शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।