२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देश आर्थिक मन्दीको मारमा, जनता निराश : हृदयेश त्रिपाठी

बुधवार , आश्विन २३, २०८१

परासी, २३ असोज । जनता प्रगतिशील पार्टीका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठीले देशमा बढ्दो आर्थिक संकटलाई रोक्न सरकार असफल भइरहेको आरोप लगाएका छन् । देशमा बढ्दो आर्थिक संकटलाई रोक्नुभन्दा सरकार भ्रष्टाचारमा लिप्त भइरहेको उनले आरोप लगाए । 

पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालाय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले देशमा दुईवटा आतंक सुरु भएको जिकिर गर्दै देशमा आर्थिक अनियमितता बढेर भ्रष्टाचारमय देश बनेको जिकिर गरे ।

देशमा करदातामाथि करैकरको भार थपिदै गएको र सम्पत्ति शुद्धीकरण नाममा निर्दोष उद्योगी–व्यवसायीलाई सताउने कार्य जस्तो आतंक सुरु भएको नेता त्रिपाठीले जिकिर गरे । 
‘देशमा अहिले दुई ठुला दलको बलियो सरकार छ । तर, यसबाट बलियो र प्रभावकारी निर्णय नआउनु, देशमा झनै मन्दी बढ्दै जानु । यो बलियो होइन, रोगी सरकार सावित भएको छ, ’उनले भने ।

पूर्वमन्त्री समेत रहेका त्रिपाठीले आर्थिक मन्दीले देशका जनताहरुमा निराशा छाउँदै गएको बताए । यो सरकारबाट नेपाली जनता र किसान लाभान्वित नुहने उनले बताए ।
उनले आगामी चुनावमा आफ्नो पार्टीसँग विचार मिल्ने पार्टीहरुसँग सहकार्य गरेर अगाडि बढ्ने पनि जानकारी दिए । अहिले जनता प्रगतिशील पार्टीले आफ्नो संगठन विस्तार पनि गरिरहेको उनको भनाइ छ ।

पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डेले जिल्लामा संगठन विस्तार र मजबुत बनाइने बताए । पार्टीको क्षेत्रीय अध्यक्ष रामप्रित यादवको अध्यक्षता तथा समाजसेवी आमूल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।