२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वस्तिक महिला सहकारीको १७ औं साधारण सभा सम्पन्न

बुधवार , आश्विन २३, २०८१

भैरहवा, २३ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोलिगढस्थित श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं साधारण सभा मंगलबार भैरहवामा सम्पन्न भएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरभित्र आफ्नै भवनमा सञ्चालित महिलाहरूको एक मात्र स्वस्तिक सहकारी भएकोले भवनलाई पूर्ण रुपले सदुपयोग गरी महिलाहरू आयआर्जनतर्फ लाग्नुपर्नेमा जोड दिइन् ।

सहकारीको अध्यक्ष पार्वती ज्ञवालीको अध्यक्षता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक लता पोखरेलको स्वागत तथा सचिव अनिता थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, नगरपालिकाको सहकारी शाखा प्रमुख कमलकान्त खनाल, शिक्षा शाखा अधिकृत जाह्नवी पाण्डे, लेखापरीक्षक ओम बहादुर मल्ल, समासेवी रुपमा हिराचन लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती ज्ञवालीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । लेखा सुपरिवेक्षण समितिका संयोजक रिमा भट्टराईले आन्तरिक लेखा प्रतिवेदन तथा संस्थाका व्यवस्थापक सुशीला पोखरेलले वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा संस्थाको वार्षिक बजेट प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मुना देवकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । त्यस्तै सञ्चालक समिति सदस्य गंगा घिमिरेले सहकारी सम्बन्धी चेतनामूलक कविता वाचन गरेकी थिइन् ।

सहकारीको स्थापना वि.सं. २०६५ जेठ ८ गते भएको सचिव अनिता थापाले बताइन् ।