
बिहिवार , आश्विन २४, २०८१
भैरहवा, २४ असोज । बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०२४ को सेप्टेम्बरसम्म ८ महिनामा ६ लाख ४५ हजार ४३२ पर्यटकको आगमन भएको छ ।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को जनवरीदेखि सेप्टेम्बरसम्म भारतका एक लाख ८५ हजार ४६८ पर्यटक लुम्बिनी आएका छन् । भारतबाहेक अन्य ९२ देशका ६४ हजार १७३ पर्यटक आएका छन् । यस्तै यो अवधिमा तीन लाख ९५ हजार ७९१ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
राहदानीवाहक अर्थात् भारतबाहेक अन्य मुलुकमध्ये यो आठ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक श्रीलङ्काबाट आएका छन् । त्यसपछि सबैभन्दा बढी पर्यटक थाइल्यान्डबाट आएका छन् । का छन् । श्रीलङ्काका १६ हजार ६२३ जना आउँदा थाइल्यान्डका १२ हजार ९५४ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ ।
गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएका थिए भने यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आए । यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो ।
कोषका अनुसार तेस्रो मुलुकमध्ये लुम्बिनीमा धेरै पर्यटक आउनेमा चीन तेस्रो नम्बरमा छ ।
लुम्बिनी विकास कोषको रेकर्ड अनुसार, पछिल्ला आठ महिनामा अन्य मुलुकबाट आउने पर्यटकको संख्या वृद्धि भए पनि लुम्बिनी भ्रमण गर्ने आन्तरिक पर्यटक घटेका छन् ।लुम्बिनी आउने सडक मार्ग बिग्रिएका कारण आन्तरिक पर्यटकको आवागमनमा कमि आएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij