
शनिवार , आश्विन २६, २०८१
भैरहवा, २६ असोज । सामाजिक अभियन्ता तथा नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले बडादशैंको अवसरमा विभिन्न आश्रम लक्षित ‘मीठो भोजन अभियान’ चलाएका छन् । अभियान अन्तर्गत सडक मानव व्यवस्थापनका लागि रुपन्देहीको तिलोत्ममा पश्चिम पहुनीमा रहेको मानव सेवा आश्रमका लागि चितवन निवासी सीता खनाल अर्यालबाट रु. ११ हजार सहयोग भएको छ । खनालमार्फत उपाध्यायले आश्रममा उक्त रकम पठाउनुभएको समाजसेवी तथा उक्त अभियानमा सहभागी रामचन्द्र उपाध्यायले बताए ।
त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्धाश्रममा विनोद गौतममार्फत प्राप्त उपाध्यायले रु. ५ हजार पठाएका छन् । वृद्धाश्रममा दशैं मीठो भोजनवापत ५ हजारका दरले दान पठाउने योजना रहेको रामचन्द्र उपाध्यायले बताए । अहिलेसम्म धेरै आश्रममा रकम भोजन दानमा पठाइएको उनले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij