
मंगलवार , आश्विन २९, २०८१
अर्घाखाँची, २९ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुको दर्शन गरेका छन् । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका धार्मिक स्थलहरुलाई पर्यटकीय गन्तव्य स्थल बनाउने गरी काम अघि बढेको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका–८ मा रहेको रागामारे मन्दिर र वडा नम्बर ३ मा रहेको मालारानी मन्दिरको दर्शन गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले पुरातात्विक महत्व बोकेका मठमन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेको, लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाइ जोड्ने गरी योजना बनाएको छ ।
‘सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्व दिन्छ । पुरातात्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाउँछ’उनले भने–‘समुदायको साथ, सयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन् ।’
प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौं लुम्बिनी’ को लागि आह्वान गरेको थियो । गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटमार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पु¥याउने योजना अघि सारिएको हो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटनमैत्री वातावरण निर्माणको जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij