२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा प्रदर्शन

शनिवार , कार्तिक ३, २०८१

भैरहवा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध सभा गरेका छन् । रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभा गरिएको हो ।  

विरोध सभामा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डे,  तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक प्रतिशोध राखेर रवि लामिछानेलाई पक्राउ गरिएको दावी गरे ।

WhatsApp Image 2024-10-19 at 4.07.58 PM.jpeg