
आइतवार , कार्तिक ४, २०८१
भैरहवा । पञ्चकन्या स्टील प्रा. लि.लेले नेपालमै पहिलो पटक ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडि र ५५० एक्सडि रिबार (फलामे छड)ले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तो प्रमाणपत्र पाउने पञ्चकन्या स्टील नेपालकै पहिलो र एक मात्र छड कम्पनी भएको पञ्चकन्याका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठले जानकारी दिए । बिश्वका ७० बढी देशका स्टील कम्पनी सहभागि भएको उक्त कार्यक्रममा नेपालको तर्फबाट पञ्चकन्या स्टीलले मात्र ग्रीनप्रोको मान्यता पाएको कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
‘ग्रीन-प्रो प्रमाणपत्र पाउनुले पञ्चकन्या वातावरणीय दिगोपन र निर्माण उत्कृष्टतामा प्रतिबद्ध छ भन्ने प्रस्ट भएको छ,’ उनले भने । कम्पनीले शुन्य कार्वन उत्सर्ननको मान्यतालाई प्रतिबद्धता जनाई कममात्रा कार्वन भएको कच्चा पदार्थ र प्रबिधि प्रयोग गरी उत्पादनलाई निरन्तरता दिएको छ ।
उनका अनुसार ’ग्रीन-प्रो इकोलेबल’ मान्यता पाएसँगै पञ्चकन्याका यी दुई प्रकारका फलामे छड हरित उत्पादनमा दर्ज भएका हुन् । यो मान्यता संसारभर लागू हुन्छ र यो पाउन विभिन्न मापदण्डहरू पूरा गर्नुपर्छ ।
उक्त प्रमाणपत्र कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ-सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ ।
यो प्रमाणपत्र ग्रहण पश्चात् पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ।
ग्रिन प्रो इकोलेबललाई ग्लोबल इकोलेबललिङ नेटवर्कद्वारा जेनिसेशको अन्तर्देशीय रूपमा समन्वित इकोलेबललिङ प्रणाली मार्फत मान्यता प्राप्त छ । ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूणर् फाइदाहरू ल्याउने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुने, स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्ने र विषाक्त पदार्थहरू हटाएर सुरक्षालाई सुनिश्चित गर्नेछ ।
संरचनात्मक डिजाइनरहरूको लागि यी उच्च गुणस्तरका फिलामे डण्डीहरूले राम्रो डिजाइनलाई समर्थन गर्दछ, टिकाउपना बढाउँछ, विश्वास जगाउँछ र निर्माण लागत तथा प्रभावकारिता र निर्माणको गति बढाउने कार्यकारी निर्देशक श्रेष्ठको भनाई छ ।
निर्माताहरूका लागि ग्रीनप्रो प्रमाणपत्रले उत्पादनहरूलाई प्रतिस्पर्धीहरूबाट फरक पार्दछ, नवप्रवर्तनलाई प्रोत्साहित गर्दछ, स्रोत संरक्षण बढाउँछ र वातावरणीय उत्कृष्टता कायम गर्ने श्रेष्ठको भनाइ छ ।
पञ्चकन्याले विज्ञप्ती जारी गर्दै लेखेको छ, “सम्पूणर् पञ्चकन्या परिवार यो मान्यताबाट अत्यन्त गौरवान्वित छ, जसले नवप्रवर्तन र उत्कृष्टताप्रति समूहको निरन्तर प्रतिबद्धतालाई प्राथमिकतामा राख्दछ । पाँच दशकभन्दा बढीको अनुभव सहित, पञ्चकन्या समूहले दिगो उत्पादन र अभ्यासका लागि नयाँ मापदण्डहरू स्थापित गर्दै उद्योगलाई नेतृत्व गर्न जारी राखेको छ, गुणस्तर र वातावरणीय जिम्मेवारीलाई हातेमालो गर्दै बजारको सुनिश्चित गर्दछ । पञ्चकन्या समूहले वातावरणीय उत्तरदायित्व र गुणस्तरलाई प्राथमिकता दिदै भविष्यमा पनि आफ्नो नवप्रवर्तनशील उत्पादनहरू र दिगो विकासको लक्ष्यप्रति दृढ रहनेछ ।”
प्रमाणपत्र प्राप्त गर्नका लागि चाहिने केही प्रमुख मापदण्ड यी हुन् ।
उत्पादन गर्दा निस्केको पदार्थ (फोहोर) कति छ र त्यसको व्यवस्थापन कम्पनीले वातावरणमा असर नपर्ने गरी कति राम्ररी गरेको छ।
उत्पादन क्रममा वातावरण प्रदूषण हुने मात्रा कति छ।
उत्पादनको गुणस्तर र टिकाउपन कस्तो छ।
कुनै पनि भवनलाई हरित प्रमाणपत्र पाउन त्यो उत्पादन प्रयोग गर्दा सहज हुन्छ कि हुँदैन। अर्थात हरित सामग्री प्रयोग भएको भए भवनले पनि हरित प्रमाणपत्र पाउन सहज हुन्छ। गुणस्तरीय भएकाले किफायती हुन्छ र सुरक्षित पनि हुन्छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij