२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले थप्यो व्यवसायिक प्रतिष्ठान

बुधवार , कार्तिक ७, २०८१

बुटवल, ७ कार्तिक । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले टायर र सम्बन्धित बस्तुको व्यवसायिक कारोबार सुरु गरेको छ । करिब २ हजार ३ सय वटा बस सञ्चालनमा रहेको संघबाट रुपान्तरित प्रा.लि.ले केही समयअघि सहकारी स्थापना गरी आर्थिक गतिविधि अघि बढाएको छ भने पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.सञ्चालनमा ल्याएको हो । 

करिब १ करोड रुपैयाँ लगानीमा बुटवल–२ मैनाबगरस्थित अटो भिलेज परिसरमा स्थापना भएको सो टायर एण्ड ट्रिट प्रा.लि.को शुभारम्भ गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले व्यवसायिक हितका साथै आवश्यकतालाई पनि महत्व दिएर व्यापारिक प्रतिष्ठान स्थापना गरिएको बताए । गुणस्तरीय सामग्रीको अभावमा यातायात व्यवसायीहरु र मजदूरहरु आर्थिक मारमा समेत परेको अवस्थालाई न्यूनीकरण गर्न टायर र सम्बन्धित वस्तुहरुको कारोबार स१चालन गरिएको उनले बताए ।  

कार्यक्रममा नेपाल अटो मेकानिक महासंघका अध्यक्ष जनार्दन गैरे, रुपान्तरित संघका पूर्वअध्यक्ष तुलसीराम बन्जाडे, प्रा.लि.का प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल, अर्थ सञ्चालक मोहन पि.एस.लगायतले समग्र यातायात व्यवसायी र मजदूरहरुको आवश्यकता महसुस गर्दै गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले पश्चिम नेपाल टायर एण्ड ट्रिट प्रा.लि.सञ्चालनमा ल्याएको बताए ।