२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

औषधि पसलहरुमा सिद्धार्थनगरको अनुगमन

बिहिवार , कार्तिक ८, २०८१

  • 925
    Shares
  • 925
    Shares
  • भैरहवा, ८ कार्तिक ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकल हलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बिहीबार भैरहवास्थित बैंकरोड र भीम अस्पताल लाइनमा रहेका औषधी पसल, ल्याब, तथा मेडिकल हलहरुमा अनुगमन गरिएको हो । 

    अनुगमनको क्रममा अधिकांश औषधि पसलहरु नगरपालिकामा नवीकरण नगरिको पाइएको थियो । त्यस्ता पसलहरुलाई पहिलोपटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कारवाही गरिने उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

    त्यस्तै म्याद गुुज्रिएका औषधिहरु छुट्टै राख्नुुपर्ने, ल्याबहरुको सफाईमा ध्यान दिनुुपर्ने, औषधि विक्री गरेपछि अनिवार्य रुपमा बिल काट्नुुपर्ने लगायतका सुुझावहरु दिइएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपानेले जानकारी दिइन् । उनले नगरपालिकाले नियामित अनुगमन गर्ने र सुुझावहरु कार्यान्वयन भए/नभएको समेत हेर्ने समेत बताइन्।

    नगर उपप्रमुख अधिकारी, वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ,१३ का अध्यक्ष सोम बहादुुर गुुरुङ, नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख गीता देवी न्यौपाने, जनस्वास्थ्य निरीक्षक विजय नाथ चौधरी, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सदस्य उमेश चन्द्र आचार्य, नगरपालिकाको स्वास्थ्य एवं राजस्व शाखाको टोलीले रोशिक प्याथोलोजी, महाकाल फार्मेसी, आराध्या फार्मेसी, बाबा फार्मा, सिद्धार्थ प्याथोलोजी, आरम्भ मेडिकल हल, ढकाल प्याथोलोजी क्लिनिक, स्माइल फार्मा, अनुज फार्मा, जोशी प्याथोलोजी, विराट मेडिकल, एभरेष्ट फार्मेसी, अर्घा मेडिकल हल, सेन्ट्रल फार्मेसी, बुद्ध एक्स–रे, शाही अल्ट्रासाउण्ड, शारदा अल्ट्रासाउण्ड, ओम प्याथोलोजी लगायतमा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा विगतका तुुलनामा सुुधार देखिए पनि अझ धेरै सुधार गर्नुुपर्ने देखिएको नगरपालिकाले जनाएको छ ।

    WhatsApp Image 2024-10-24 at 8.49.12 AM.jpeg