२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

त्रिदेवी सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न

आइतवार , कार्तिक ११, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, ११ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईस्थित त्रिदेवी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

    साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीयस्तरमा सञ्चालित सहकारीले नागरिक लाभान्वित भएको बताए । उनले सहकारी संस्थामा भएका गतिविधिबारे शेयर सदस्यहरुले जानकारी लिनुपर्ने बताए । 

    कार्यक्रममा विशिष्ट अतिथि रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्री, अतिथिहरु विष्णु माया सिग्देल, राम केवल प्रसाद बिन्द, मुहम्मद इद्रीश गद्दी, नारायण प्रसाद सिग्देल लगायतले सहकारी मर्म अनुसार चल्नुपर्ने बताए ।

    कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष शम्भु कुमार यादव, सचिवको प्रतिवेदन सचिवको प्रतिवेदन विरेन्द्र कुमार गौड, कोषाध्यक्षको प्रतिवेदन उस्मान अलि फकिर, शिक्षा उपसमितिको प्रतिवेदन फिरोज अहमद खाँ, लेखा समितिको प्रतिवेदन प्रेमनाथ त्रिपाठी र ऋण उपसमितिको प्रतिवेदन बाल सुग्रीव वर्माले प्रस्तुत गरेका थिए । 

    संस्थाका अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षता तथा सचिव विरेन्द्र कुमार गौडको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ८३ जना उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको सहकारीले जनाएको छ । सहकारीमा हाल २१९ जना शेयर सदस्यहरु रहेका छन् ।