
सोमवार , कार्तिक १२, २०८१
काठमाडौं, १२ कार्तिक । धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री शुरु गरेको छ ।
बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए । सुनको असर्फि भने मंगलबार एकदिनमात्रै विक्रि गरिने उनले बताए। बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैया तोकेको छ भने गाइ मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैया तोकिएको पोखरेलले बताए ।
सुनको असर्फि नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने उनले जानकारी दिए । बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक बर्ष सुन र चाँदीका सिक्का विक्रि बितरण गर्दै आएको छ
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij