२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

उत्प्रेरणा र वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण

मंगलवार , फाल्गुण २५, २०७७

भैरहवा, २५ फागुन । 
१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेशनलले युवा तथा महिलालाई उद्यमी बनाउनको लागि उत्प्रेरणा र वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ ।

क्लबका सिनियर एडभाइजर लिल कुमारी गुरुङको प्रमुख आतिथ्यता, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका जोन चेयरपर्सन विजय पाण्डेको विशिष्ट आतिथ्यता, क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन अमृत थापा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबमा आबद्ध विभिन्न बैंकमा शाखा प्रबन्धकको रुपमा कार्यरत अमृत थापा, जीवन घिमिरे, प्रेम सागर अग्रहरी, कृष्ण प्रसाद बस्याल लगायतका प्रशिक्षकहरुले बैंकिङ, महिला उद्यमी र डिजिटल बैंकिङको विषयमा प्रशिक्षण दिएका थिए ।

क्लबका अध्यक्ष विष्णु प्रसाद गौतमको अध्यक्षता, कार्यक्रम संयोजक जीवन घिमिरेको स्वागत, क्लबका द्वितीय उपाध्यक्ष रिचा के.सी.को ध्वजा अभिवादन तथा सचिव मुन्ना अग्रहरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका निर्देशक विपिन रेग्मीको कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

क्लबले यस वर्ष वृक्षारोपण, छोटु सहानीको उपचारको लागि आर्थिक सहयोग, रोहिणी नदीमा माछाका भुरा छोड्ने, सुकुम्बासी वस्तीमा कम्मल वितरण, क्यान्सरपीडित र आन्दा तथा पाठेघरसम्बन्धी रोगबाट ग्रसित विरामीलाई आर्थिक सहयोग लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको क्लबले जनाएको छ ।