२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गुल्मी चारपालाद्वारा अपांग आश्रममा सहयोग

मंगलवार , फाल्गुण २५, २०७७

बुटवल, २५ फागुन ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजले नेपाल अपांग आश्रममा खाद्यान्न सामाग्री सहयोग गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्षको पुर्वसन्ध्यामा समाजले चामल, दाल, आलु लगायत दैनिक उपभोग्यका वस्तु प्रदान गरेको समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले बताए ।

सो अवसरमा बोल्दै समाजका सल्लाहकार हेमलाल शर्मा भुसालले सामाजिक कार्यमा अग्रसर हुनकै लागि समाजको स्थापना भएकाले यस्ता कार्य गर्न पाउँदा आफूहरुलाई समेत खुशी लाग्ने बताए । उनले अपांग मानिसका लागि घरपरिवार र समाजका हरेक नागरिकले आफ्नो तर्फदेखि मायाको भावना राख्दै उनीहरुलाई अघि बढ्न सघाउनुपर्ने बताए ।

त्यस्तै अर्का सल्लाहकार सावित्रा टण्डनले चारपाला सम्पर्क समाजले स्थापनादेखि नै आश्रममा सहयोग गर्न सुरु गरेकाले यसलाई निरन्तरता दिने बताइन् । आश्रममा आश्रित मानिसलाई संघ–संस्थाकै सहयोगबाट पालनपोषण हुने भएकाले सक्ने जति सहयोग सबैको तर्फबाट हुन जरुरी रहेको बताइन् ।

ढकबहादुर टण्डनको संयोजकत्वमा सम्पन्न सहयोग हस्तानतरण कार्यक्रममा समाजका उपाध्यक्ष उषा खत्री, सचिव विकास टण्डन लगायतको उपस्थिति रहेको थियो ।