२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

छठ पर्वको अवसरमा रोहिणीले शुक्रबार दियो स्थानीय विदा

बुधवार , कार्तिक २१, २०८१

भैरहवा, २१ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्तिक २३ गते शुक्रबार स्थानीय विदा दिएको छ । यस क्षेत्रको विशेष पर्व छठको अवसरमा बिहानीमा सूर्यलाई अर्घ दिने प्रचलन रहेको हुँदा शुक्रबार विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

गाउँपालिकाको कार्तिक २१ गतेको निर्णय अनुसार शुक्रबार रोहिणी गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक बाहेक) र सम्पूर्ण शैक्षिक संस्थाहरुमा विदा रहने अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवले छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको शुभकामना समेत व्यक्त गरेका छन् ।

छठ पर्वको अवसरमा संघीय सरकारले बिहीबार (भोली) देशभर सार्वजनिक विदा दिएको छ ।