२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगरका मेयर खाँले गरे छठ पूजा

बिहिवार , कार्तिक २२, २०८१

भैरहवा, २२ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले छठ पूजा गरेका छन् । विशेषत हिन्दू धर्मावलम्बीहरुले मनाउँदै आएको पर्व छठमा सहभागी भएर मेयर खानले धार्मिक सद्भावको पनि सन्देश दिएका छन् । 

मेयर खानले बिहीबार भैरहवाको श्री काली भक्ति गण (ई), श्री राम जानकी हनुमान मन्दिर, दरखसवा, नौडिहवा लगायत स्थानमा रहेका छठ पोखरीमा पुगेर छठी माताको पूजा गरेका हुन् । छठ पूजा गर्दै उनले जसले जुन धर्म अंगाले पनि सबै धर्मको उद्देश्य शान्ति, अहिंसा, आत्मशुद्धि रहेको उल्लेख गरे । 

6552275e-745f-4567-8bac-3378a5e5b8a5.jpeg

मेयर खाँले धर्म, संस्कृति नेपालका पौराणिक सम्पत्ति भएको उल्लेख गर्दै पर्वहरुलाई साझा रुपमा मनाउँदा यसको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे ।

92c89f5a-23f1-4ab6-a711-a311808eccfa.jpeg

नगरप्रमुख खाँसँगै उपप्रमुख उमा अधिकारीले पनि बिहीबार भैरहवाका विभिन्न छठ पोखरीहरुमा पुगेर पूजा गरेकी थिइन् ।

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको थियो । बिहीबार रुपन्देहीका नदी, तलाउ, पोखरीमा हजारौं श्रद्धालुले अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ्य दिएका छन्  ।