२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा तारा ज्ञवाली

बुधवार , मंसिर ५, २०८१

रुपन्देही, ५ मंसिर । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव तारा ज्ञवालीले सम्हालेकी छन् । नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ज्ञवालीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकामा खटाएको छ । नवआगन्तुक ज्ञवालीले बुधबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गरेकी छन् ।

लामो समयदेखि देशका विभिन्न जिल्लामा रही जिम्मेवारी समाल्दै आएकी ज्ञवाली लुम्बिनी साँस्कृतिक नगरपालिकामा खटिएकी हुन् । सेवा आरम्भ गर्दै ज्ञवालीले कानूनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

नगर कार्यपालिका र मातहत रहेका कार्यालयबाट आम नागरिकलाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, क्लब र नगरबासीको साथ र सहयोगको समेत उनले अपेक्षा गरेकी छन् । ज्ञवालीले बिलम्ब नगरी जनतालाई सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

f75e7703-5990-47ee-9ba3-d2db6d309c1e.jfif

बुधबार नगरप्रमुख (मेयर) सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, शाखा प्रमुखहरुले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई स्वागत गरेका हुन् ।