
बुधवार , फाल्गुण २६, २०७७
बुटवल, २६ फागुन ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सुदूर पश्चिम प्रदेशको भीमदत्त नगरपालिका महेन्द्रनगरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सुदूर पश्चिम प्रदेशमा यो पहिलो शाखा हो ।
शाखा कार्यालयको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संयुक्तरुपमा बुधबार उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मेयर विष्ट र अध्यक्ष मल्लले उद्योग, पर्यटन, कृषि र उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न बैंकलाई सुझाव दिएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले काठमाडौं बाहिरको एक मात्र राष्ट्रियस्तरको विकास बैंक शाइन रेसुंगाले सातै प्रदेशमा बैंकिङ सेवा विस्तार गर्ने लक्ष्य सहित अघि बढेको र डिजिटल बैकिङ तथा वित्तीय साक्षरतालाई प्राथमिकता दिएको बताए ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले स्थानीय माग र आवश्यकता अनुसार निक्षेप र कर्जाका विविध प्रडक्ट बैंकसंग भएको उल्लेख गर्दै यसबाट लाभ लिन आग्रह गरे । ३३ अर्ब निक्षेप संकलन तथा ३० अर्ब कर्जा लगानी गरेको बैंकका ४ लाख बढी ग्राहक छन् । योसंगै बैंकका ७६ शाखा र एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij