२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

बुटवलमा अटोहेभन शुभारम्भ

बिहिवार , फाल्गुण २७, २०७७

तिलोत्तमा, २७ फागुन ।
दुई जना युवा व्यवसायीले बुटवलको कालिकानगरमा वर्कशप सञ्चालनमा ल्याएका छन् । राजमार्गको पुर्वपट्टीको भित्री सडक खण्डमा दिल्ली अटोपार्टस अन्तर्गतको अटो हेभन नेपाल वर्कशपको बिहीबार शुभारम्भ गरिएको हो ।

शिवरात्रीको अवसर पारेर युवा व्यवसायीहरु दिपेन्द्र ज्ञवाली र विनोद अधिकारीले बुटवल–१० कालिकानगरमा अटो वर्कशपको शुभारम्भ गरेका हुन् ।

अटो हेभन वर्कशपमा जुनसुकै कम्पनीका चारपांग्रे कारहरुको वासिङ्ग, स्पेयर पार्टसहरु उपलव्ध गराइने र सम्पूर्ण गाडीहरुको डेन्टपेन्ट तथा मर्मत गरिने सञ्चालक दिपेन्द्र ज्ञवालीले जानकारी दिए । 

शुभारम्भका अवसरमा फ्रि वासिंग, फ्रि सर्भिसिंग र फ्रि स्क्यानिङ्ग सेवा एक सातासम्म उपलब्ध गराइने र स्पेयर पार्टसमा १५ प्रतिशत र लुव्रिक्यान्टमा १० प्रतिशत छुट उपलव्ध गराइने उनले बताए । ग्राहकलाई छिटोछरितो र गुणस्तरीय सेवा उपलव्ध गराउने गरी सबै प्रबन्ध मिलाइएको अर्का सञ्चालक विनोद अधिकारीले बताए ।