images

शनिवार, बैशाख १५ गते २०८१

खण्डहर बन्दैछ सिद्धार्थनगर

खण्डहर बन्दैछ सिद्धार्थनगर

images
images
images
आइतवार, श्रावण २५ २०७७
आइतवार, श्रावण २५ २०७७
  • खण्डहर बन्दैछ सिद्धार्थनगर

    रुपन्देही जिल्लाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान छ । यो पहिचान यस क्षेत्रमा भएको दुत गतिको विकासका कामले भने पक्कै होइन । न त यस जिल्लामा प्रदेशको राजधानी भएर नै हो । यसको पहिचान (लाइट अफ एसिया) भनेर विश्वमा कहलिएका शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मस्थल भएको कारणले हो । यो पवित्र स्थलमा विश्वका लाखौ श्रद्धालुहरु वर्षेनी आउने गर्दछन् भने अर्कोतिर नेपालको भारततिरको मुख्य नाका भएको कारण पनि यहाँ दैनिक रुपमा हजारौ सवारी साधनहरुको लस्कर लाग्छ । अफसोच, सिदार्थनगरको अतिव्यस्त सडकको अवस्था भने उदेकलाग्दो छ  । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका दिनानुदिन खण्डहर बन्दै गइरहेको छ । यसको मुख्य कारण यहाँको सडक हो । सिद्धार्थनगर नगरपालिकामा विगत केही वर्षदेखि सडक निर्माणको कार्यहरु धमाधम भइरहेका छन् । तर यसको गुणस्तरतर्फ यहाँको सरोकारवालाहरुको खासै ध्यान पुग्न सकेको छैन । यसै कारण सडक निर्माण भएको एक वर्ष पुरा नहँुदै यहाका सडकहरु जीर्ण हुँदैछन् ।

    images

    DSC_1468.JPGजनताहरुको करबाट उठेको रकमबाट महंगा र चिल्लागाडी किन्न र यसमा सवार हुन् सरकारी निकाय र जनप्रतिनिधिहरु रमाउने गर्दछन् भन्ने जनागुनासाहरु पनि पटकपटक आइरहेका छन् । त्यस्तै विगतमा यस प्रदेशले नियमको खिल्ली उडाउँदै चिल्ला गाडीहरु खरिद गरिएको समाचारहरु संचारमाध्यममा आएका थिए । सरकारी निकाय र जनप्रतिनिधिहरु चिल्ला गाडीहरुमा दिनहुँ ओहोरदोहोर गर्ने सडकको अवस्था र यसको गुणस्तरीयतातर्फ ध्यान नजानु उदेकलाग्दो छ । सडकमा गाडी गुडाए वापत जनताबाट सडक कर लिने सरकारले सडक मर्मत गर्नेतर्फ कन्जुस्याइँ गरेको देखिन्छ । जनताको पसिनाबाट जम्मा भएको सरकारी ढुकुटी दोहोन गरेर सवारीसाधन किन्नमा होडबाजी गर्ने सरकारी तथा जनप्रतिनिधिहरुले सडकको गुणस्तरतर्फ ध्यान दिएको भए सिद्धार्थनगर नगरपालिकाका सडकहरु खण्डहर बन्नेतर्फ उन्मुख हुँदैन थियो होला  ।

    DSC_1462.JPGअचम्म त के छ भने, बेलहियादेखि बुटवलसम्मको सडक निर्माणको कार्य सम्पन्न नहुँदै बनेका सडकहरु खण्डहर हुँदैछ । भैरहवाको देवकोटाचोक, आँखा अस्पताल, बसपार्क लगायत भैरहवाका अधिकांश सडकहरु जीर्ण भइसकेका छन् । सडकमा भएका खाल्डाहरुले मोटरसाइकल चालकहरुलाई निकै कठिनाइ भइरहेको एक मोटरसाइकल चालकले यस पंक्तिकार समक्ष गुनासो पोखेका थिए । उनको भनाइमा उनी वृद्ध आमालाई उपचारका लागि अस्पताल लाने क्रममा आँखा अस्पताल नजिकको सडकमा ठुलो दुर्घटनाबाट आफ्नी वृद्ध आमालाई जसोतसो बचाउन सफल भएका थिए रे । सडक मात्र होइन बटुवा हिड्ने पेटीहरुमाथि पनि यहाँका बासिन्दाहरुले अतिक्रमण गरिरहेका छन् । सडकमा जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अधिकांश सडकपेटीहरुमा महिनौदेखि घर निर्माणका सामाग्रीहरुको थुप्रो देखिन्छ भने सडकका पेटीहरुमा उम्रिएका झारहरु, सडकपेटीमा थुपारिएका  सामानहरु, महंगा गाडीहरु किन्न र चढ्न सक्ने तर गाडीपार्किङका लागि सडक दोहन गर्ने मानसिकताका कारण बटुवाहरुलाई हिड्न कठिनाई भइरहेको छ ।

    DSC_1467.JPG

    विश्वका अधिकांश मुलुकहरु आफ्ना देशहरुमा स्तरीय र दिर्घकालिन सडक निर्माणमा ध्यान दिन्छन् तर हाम्रो देशमा जब वर्षा सुरु हुन्छ सडक निर्माणको कार्य सुरु हुन्छ । विगत तीन वर्षका कार्यहरुको अनुभव हेर्ने हो भने अधिकांश स्थानीय तहहरुको ध्यान सडक निर्माणमा केन्द्रित भएको देखिन्छ । सडक निर्माण गर्नु राम्रो कुरा हो तर यसको गुणस्तरीयता, सडक निर्माण गर्ने उचित समय, यसका लागि बिज्ञ व्यक्तिहरु, सडक निर्माण पछिको मर्मतको योजनातर्फ खासै ध्यान दिएको पाइँदैन ।
    एकातर्फ भैरहवाका सडकपेटीहरु जीर्ण भइरहेका छन् भने अर्कोतर्फ जथाभावी सडकमा फालिएका प्लाष्टिक, खैनी–गुटखाको खोलहरु, पान खाएर थुकेका दागहरु, सडकमा फुटेका नालाहरु, जथाभाबी छाडिएका चौपायाका सौचको दुर्गन्ध र घरपालुवा कुकुरहरुलाई सडकहरुमा शौच गराउँदै हिड्ने भद्रभलादमीहरुका कारण पनि सडकहरु दुर्गन्धित छ । यसका लागि स्थानीय तहको ध्यान जानु अतिआवश्यक छ ।

    DSC_1473.JPG

    सडक राष्ट्रको गहना हो । यसको उचित व्यबवस्थापन तर्फ सबैको ध्यान जानु उत्तिकै आवश्यक छ । सुन्दर सहर बनाउने जिम्मा स्थानीय तहको मात्र होइन । हामी जनता जनार्दनको पनि हो । हामीले अधिकार मात्र खोज्ने तर एक जिम्मेवार नागरिकको कर्तव्य पुरा नगर्ने हो भने कुनै दिन हाम्रा सन्ततिले हामीलाई धिकार्ने छन् भन्नेतर्फ हामी सचेत हुनुपर्दछ । सरकारले गरेका राम्रा कामहरुको प्रशंसा र बाटो बिराएका छन् भने खबरदारी गर्ने काम पनि हामि जनता जनार्दनको हो । हामी सबैको सहयोग र साथले नै भैरहवालाई सुन्दर सहर बनाउन सकिन्छ । यो अहिलेको आवश्यकता पनि हो । जय भैरहवा ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij