२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

क्रिकेटमा रंगभेदको इतिहासबाट सिक्नुपर्ने कुरा

आइतवार , पौष ७, २०८१

रंगभेदको क्रिकेट इतिहास दक्षिण अफ्रिकामा १९६५–६६ मा चरम उचाईमा पुगेको थियो । विश्वको तेस्रो पुरानो देश जसले क्रिकेट जगतमा सन् १८८९ मा प्रवेश गरेको  देशमा गोरो–कालो भनेर छुट्याउँदा आईसिसीले १९७०–१९९१ सम्म पूरा २१ वर्ष टीममा प्रतिबन्ध लगाएको इतिहास  छ।

विगतको केही दिन नेपालको इतिहासमा सर्वाधिक लोकप्रिय एवं लाखौं दर्शकमाझ अत्यन्त चर्चा बटुलेको एवं हजारौंको संख्यामा स्टेडियममा उपस्थितिले एनपीएलले विश्वसामु नेपालको मजबुत दावेदारी पेश गरेको अवस्थामा केही संकिर्ण एवं गलत प्रवृत्तिका दर्शकदीर्घा एव बाहिर बसेर हेरिरहेका गलत आचरण–मानसिकता भएका व्यक्ति–समूहले खेलाडीहरुप्रति लक्षित गरी कसैको वर्ग–संस्कृतिमाथि गरेको भद्दा शब्द÷व्यवहारले हामी सबैको शिर झुकाउने कार्य गरेको छ । क्रिकेट एवं खेलाडीलाई बदनाम एवं खेल भावनालाई ठेस पुर्याउने देखियो । यी सबै कार्यले राम्रो/प्रतिष्पर्धी खेल भन्दा कसैलाइ होच्याउने कार्यमा अग्रसर रहेको बुझियो । आफूलाइ मन परेको टीम÷खेलाडीलाई समर्थन गर्ने÷प्रसंशा गर्नु उत्तम कार्य हो  । तर, यसकोविपरीत विपक्षी टिमलाई होच्याउने–नश्लिय नारा लगाउनु आपत्तिजनक कार्य हो । यसले खेल भावनाविपरीत एवं देशको लागि खेल्ने खेलाडीमाथि नकारात्मक असर पर्दछ । यस्ता कार्यले नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमै खस्कने अवस्थामा पुग्दछ । यस्ता कार्यलाई निरुत्साहित पार्न सरकार एवं सरोकारवालाइ सबै गम्भीर हुन अतिआवश्यक छ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले यस्ता रंगभेद एवं गलत क्रियाकलापलाई गम्भीरताका साथ नियाल्दैछ । सानो देशलाई धेरै कानून लागेको  इतिहास छ । हामी संयमताका साथ बचेर आफ्नो खेललाई अघि बढाउनुको विकल्प छैन । अर्को अफ्रिका नेपाललाई कदापी बन्नु छैन । अहिले हामी गृह मैदानमा विभिन्न टीममा विभाजित भइ प्रदर्शन गर्दैछौं । भोलि यिनै टीमबाट उत्कृष्ट खेलाडीहरु मिलि राष्ट्रिय टीम बनेर ठूला टीमसँग भिड्नु छ । ‘सयौं थुंगा ‘भनेझै हामी सबै नेपालीको विभिन्न जात–धर्म–संस्कृति–भाषा–पहिचन भएको मुलुकमा सबै मिलेर सिंगो नेपालको नाम चम्किने गरी एकता एवं समानताको परिचय दिऔं । जोसुकैले जिते पनि ‘नेपाली जित्ने हो, नेपाल जित्ने हो । नेपालले आफूलाई फरक ढंगले विश्वसामु प्रतिष्पर्धीको रुपमा परिचय गराउनु छ । हामी सबै नेपाली त्यसैको पर्खाइमा छौं ।

लेखक खबरपात्राे मिडिया प्रा.लि.का सल्लाहाकार हुन् ।