२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन ताला

आइतवार , श्रावण २५, २०७७

भैरहवा, २५ साउन ।
आंशिक प्राध्यापकका जायज माग पुरा नगरेको भन्दै भैरहवा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा आइतबारदेखि अनिश्चितकालिन ताला लगाइएको छ । 

त्रिभुवन विश्वविद्यालयको आशिंक प्राध्यापक संघको केन्द्रिय समितिको निर्णय अनुसार देशैभरीका आंगिक क्याम्पसको क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाइको संघले जनाएको छ । 

आंशिक प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष विष्णु वस्यालको नेतृत्वमा सो ताला लगाइएको निवर्तमान अध्यक्ष श्री रायमाझीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय जस्तो गरिमा बोकेको देशको सबैभन्दा जेठो विश्वविद्यालयले आंशिक प्राध्यापकका जायज मागलाई वेवास्ता गर्दै आएकोले यस्तो कदम अपनाउन बाध्य भएको रायमाझीले बताए ।