२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

भैरहवामा रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि. सञ्चालनमा

आइतवार , चैत्र १, २०७७

भैरहवा, १ चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि. सञ्चालनमा आएको छ । प्रा.लि.को शनिबार एक कार्यक्रमकाबीच उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले उद्घाटन गरे । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले ग्यास विक्रेताले लगानी अनुसारको प्रतिफल पाउन नसकेको बताए । उनले ग्यास व्यवसायमा लगानी धेरै भए पनि नाफा भने कम रहेको बताए । ‘कम्तीमा ग्यास विक्रेतालाई ७० देखि १ सय रुपैयाँसम्म कमिशन दिने व्यवस्था गर्नुपर्छ, तर ३७ रुपैयाँ मात्र दिइएको छ, ’उनले भने । उनले नाफाको प्रतिशत सरकार बढाउनुपर्ने माग गरे । 
कोभिड–१९ का कारण लकडाउन भएपछि होटल तथा रेष्टुरेष्ट बन्दा हुँदा त्यसले ग्यास उद्योगी र विक्रेतालाई पनि असर पुर्‍याएको उनको भनाइ छ । नाका सहज रुपमा सञ्चालन हुन नसक्दा पर्यटकहरुको आवागमन नभएकोले पर्यटन क्षेत्र प्रभावित भएको र त्यसको असर ग्यास उद्योग र व्यवसायमा परेको भण्डारीले बताए । नेपाल आयल निगम र ग्यास उद्योगीसंग सहकार्य गरेर उपभोक्ता र विक्रेतालाई ग्यासको प्रयोगसम्बन्धि जनचेतनामूलक तालिमहरु सञ्चालन गर्न रुपन्देही साझा टे«डि¨ प्रा.लि.लाई उनले आग्रह गरे । 

लामो समयको लकडाउनले उद्योग व्यवसाय धरासायी हुँदै गएपछि उद्योग व्यापार संगठनले बजार सञ्चालन गराउन पहल र संघर्ष गरेको उनको भनाइ छ । ‘व्यवसाय सञ्चालनका लागि गिरफ्तारी दिन समेत तयार भयौं, बैंकले ऋणको ब्याजदर बढाउँदा, ब्याजदर घटाउन माग गर्दै पनि आन्दोलनमा उत्रिएका थियौं,’भण्डारीले भने ।

रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि. का अध्यक्ष राम मिलन यादवले ग्यासको बजार व्यवस्थित गर्न तीनै तहका सरकार र उद्योगी–व्यवसायीको भुमिका रहने बताए । उनले ग्यास प्रज्जवनशिल पदार्थ भए पनि अव्यवस्थित रुपमा यसको विक्रीवितरण भइरहेको बताए । ‘किराना पसल, फैन्सी पसलबाट पनि ग्यासको विक्रीवितरण भइरहेको छ, यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ, ’उनले भने । ग्यास विक्रेताहरुलाई व्यवसायमा टिक्न ग्राहो रहेकोले राज्यले कम्तीमा पनि ७ प्रतिशत नाफा पाउने वातावरण सिर्जना गर्नुपर्ने उनले माग गरे । 

रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि.ले उद्योग र विक्रेताबीच पुलको काम गर्ने यादवले बताए । उद्योगबाट ग्यास ल्याएर डिलरमार्फत उपभोक्तासम्म पुर्‍याउने रुपन्देही साझा टे«डि¨ प्रा.लि.को लक्ष्य रहेको उनको भनाइ छ । बजारलाई व्यवस्थित गर्न नसके ग्यास व्यवसाय पलायन हुने अवस्था आउन सक्ने भएकोले अब संस्थागत रुपमा अगाडी बढ्नुपर्ने उनको भनाइ छ । प्रा.लि.को चालु पुँजी १ करोड र चुक्ता पुँजी २ करोड पुर्‍याउने उनले बताए । उनले हाल ४० जना शेयरधनी रहेकोमा भैरहवाका सम्पूर्ण ग्यास विक्रेतालाई समेटन खोजिएको र ग्यास व्यवसायीलाई विशेष प्राथमिकता दिइने बताए । रुपन्देही साझा ट्रेडिङ्ग¨ प्रा.लि.को आगामी दिनमा खाद्यान्न, हार्डवेयर, भवन निर्माण लगायतका क्षेत्र काम गर्नेसहित १६ वटा उद्देश्य रहेको बताए । 

नेपाल क्रसर तथा खानी उद्योग महासंघका उपाध्यक्ष चन्द्रमणि अधिकारीले रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि.ले आफ्नो ब्राण्ड विश्वासिलो बनाउँदै गए उपभोक्ताको रोजाइमा पर्ने बताए । ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थले ग्यास विक्रेता संघबाट रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि.लाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।IMG_4899.JPG

त्रिशुल ग्यास प्रा.लि.का व्यवस्थापक देवी प्रसाद भुसालले ग्यास उद्योगी र विक्रेता एकताबद्ध भएर अगाडी बढ्दा उद्देश्य पुरा गर्न सहज हुने बताए । गोलीगढ टोल सुधार समितिका अध्यक्ष युवराज पाण्डेले खाना पकाउने ग्यास प्रयोग गर्दा सावधानी अपनाउन नसके दुर्घटना निम्त्नि सक्ने बताए ।

रुपन्देही साझा ट्रेडिङ्ग प्रा.लि.का अध्यक्ष राम मिलन यादवको अध्यक्षता, सञ्चालक अब्दुल रहमान खानको स्वागत तथा अर्का सञ्चालक फणिन्द्र पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।