२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरु सार्वजनिक

आइतवार , चैत्र १, २०७७

मुख्य विशेषताहरु 

- शक्तिशाली बि.एस. सिक्स इञ्जिन, इम्प्याक्ट २.० अन्तर्गत आकर्षक डिजाईनमा निर्मित ।
- विश्वसनीय र लोकप्रिय मोडलका टाटा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ पाँच वटा नयाँ मोडलका गाडीहरु ।
- टाटा नेक्सन जसले हालैमात्र ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । हृयाचब्याक सेगमेन्टमा टाटा अल्ट्रोजले ग्लोबल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ भने टियागो र टिगोरले फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेका छन् ।   
भैरहवा, १ चैत ।

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अन्तर्गत भैरहवाको आधिकारिक विक्रेता बुद्धम अटोमार्टले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु आज एक कार्यक्रमकाबीच सार्वजनिक गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा आयोजित कार्यक्रममा उक्त गाडीहरु सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएका गाडीहरु–टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ– बी एस सिक्स प्रविधिले सम्पन्न छन् । योसंगै टाटा कम्पनी उक्त ईञ्जिन प्रविधि भएको पाँच मोडलहरु एकै पटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको बुद्धम अटोमार्टका सेल्स हेड रुपेश बास्तोलाले बताए । 

किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोेले यिनीहरुको बनावट अत्यन्तै सुन्दर रहेको कम्पनीले जनाएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको कम्पनीको भनाइ छ ।   

कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने, ‘यो टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समयदेखि अत्यन्त रुचाईरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् । ’ उनले भने, ‘यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीहरुमा पनि डिजाईन, सुरक्षा र आरामको लागि उच्चस्तरीय विशेषताहरु छन् । त्यसैले यी गाडीहरुले हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने विश्वास हामीले लिएका छौं ।’

त्यसै गरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बी. एस. सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरु आफ्नो श्रेणीका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुवै दृष्टीकोणले अगाडी रहेको बताए । ‘यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं, उनले भने । 

सार्वजनिक गरिएका गाडीका विशेषताहरु :

१. नयाँ टियागो 
१२०० सि.सि. इञ्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रंगहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।  

२. नयाँ टिगोर 
१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँच वटा रंगहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । 

३. नयाँ नेक्सन 
१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (क्ष्च्ब्) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रंगहरुमा उपलब्ध रहेको छ । TATA New Forever.jpg

४. नयाँ अलट्रोज 
१२०० सि.सि. इञ्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पूर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए  प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्यापमार्फत प्रमाणित भइसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ  । यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । 

५. नयाँ एच फाईभ 
२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट विशिष्ट ओमेगाआरसी वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । एच फाईभ विभिन्न आकर्षक रंगहरुमा उपलब्ध रहेको छ ।