२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउँदै रुपन्देही ट्राफिक

आइतवार , माघ १३, २०८१

भैरहवा १३, माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको छ । ट्राफिक प्रहरीले सवारी चालकलाई लेन अनुसान सिकाउनुका साथै सडकमै ट्राफिक सचेतनालाई पनि अभियानको रुपमा प्रभावकारी रुपमा अगाडि बढाएको छ । 

आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीमा सवारी चाप बढ्दो मात्रामा रहेको छ । सवारीको चापसंगै रुपन्देहीमा सवारी दुर्घटनाका घटना दिनानु दिन बढ्दै गएको छ । बढ्दो सवारी चाप, लेन अनुशासनको उल्लघंन, तिव्र गतिमा सवारी हाक्ने लगाएतका कारण सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको बुझाई छ । 

IMG_5378.JPG

पुस मसान्तसम्म १२९ बटा सवारी दुर्घटना हुँदा ३१ जनाले जयान गुमाएका छन् । दुर्घटनामा परि ११३ जना गंभिर घाईते भएका छन् । आर्थिक बर्ष २०८०/०८१ मा १५७ बटा दुर्घटना हुँदा ७६ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । रुपन्देहीमा सवारी दुर्घटनाको जोखिम घटाउन ट्राफिक प्रहरीले ट्राफिक सचेतनालाई अभियानको रुपमा अगाडि बढाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिईन । 

तराईका जिल्लामा अहिले हुस्सु, कुईरो सहितको अत्याधिक चिसो पनि छ, चिसो मौसमका कारण पनि दुर्घटना बढेका छन्, प्रहरी निरीक्षक केसीले भनिन् सम्भावित जोखिमबाट जोगिन सडक लेनको अनुशासन पालना गर्नुका साथै तिव्र गति नियन्त्रण गर्नु पर्दछ ।  

सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यले गत बर्ष शुरु गरिएको ‘मेरो सवारी, मेरो लेन’ अभियानलाई निरन्तरता दिदै आएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियमको पालना गरेमात्रै पनि आधा भन्दा बढी दुर्घटा न्युनीकरण हुने भन्दै यसलाई सबैको सहयोगमा अगाडि बढाईएको प्रहरी निरिक्षक केसीको भनाई छ । 

जिल्लामा लेन अनुसारका फराकिला सडक भए पनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको छ । जिल्लामा सडक लेनको अभियान चलाएपनि अन्य सवारी साधनले भन्दा माईक्रोबसले लेन अनुशासन उल्लघंन गर्ने गरेको सरोकारवालाले जनाएका छन् । 

सवारी दुर्घटनाका संभावित कारण 
नेपालमा सवारी दुर्घटना हुनुका कारण थुप्रै रहेका छन् । दुर्घटनापछि बनेका बिभिन्न समितिले तयार गर्ने प्रतिबेदनको मुख्य कारण्मा चालकको लापरबाही, अनुभवहीनता, कामको बोझ, मदिरा तथा लागूऔषधको प्रयोग र तीव्र गति रहेको उल्लेख गरको पाईन्छ । 

विचलित भएर सवारी चलाउने र ट्राफिक नियम पालना नगर्ने कारण पनि दुर्घटनाको दर उच्च रहेको प्रहरीको अध्ययनमा उल्लेख गरेको छ । एउटै चालकले लामो समय गाडी चलाउँदा थकान हुने र समयभित्र गन्तव्यमा पुग्ने दबाबले दुर्घटनाको जोखिम बढ्ने गरेको अध्ययनहरुले देखाएका छन् । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार चालकले मदिरा र लागूपदार्थ सेवन गर्दा निर्णय लिने क्षमता र समन्वयमा कमी आउँदा पनि दुर्घटनाको सम्भावना बढिरहेको छ ।

सडकको दयनीय अवस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । भौगोलिक अवस्थाका कारण धेरै क्षेत्रमा भौतिक पूर्वाधार अत्यन्तै अपर्याप्त छन्, भएका पनि उचित मर्मतसम्भारको अभावमा जीर्ण भइसकेका छन्‌ । सडकमा अनगन्ती खाल्डाखुल्डी, कमजोर ढल निकास प्रणाली, हिलोधूलो, अस्पष्ट सडक चिह्नले चालकमात्रै होइन, पैदल यात्रुलाई पनि जोखिम बढाएको छ । 

दुर्घटनाको क्षेत्रलाई सुरक्षित बनाउन, थप दुर्घटनाबाट बच्न ट्राफिक नियन्त्रण र सुरक्षा व्यवस्थालाई बलियो बनाउन प्रहरी नागरिकले साझेदारी रुपमा कार्यक्रम अगाडि बढाउन जरुरी छ ।