२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिवद्धता

सोमवार , माघ १४, २०८१

दाङ, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिवद्धता जनाएका छन् । बालविवाहमुक्त नेपाल बनाउने अभियान अन्तरगत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले बालविवाहमुक्त प्रदेश बनाउने गरी सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताएकी हुन् ।

‘बालविवाह एक सामाजिक समस्या र कानूनी अपराध हो । जसले बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वस्थ्य तथा मानसिक, शारीरिक, सामाजिक, आर्थिक विकासमा बाधा पुर्‍याउँछ’मुख्यमन्त्री आचार्यले भने,‘चेतनाको अभाव छ । सामाजिक तथा साँस्कृतिक मूल्यमान्यताहरु पनि कारणको रुपमा रहेका छन् । बाल विवाह अन्त्यका लागि चेतना अभिवृद्धि गर्न अभियान चलाउन आवश्यक छ ।’ 

बाल विवाह अन्त्यका लागि सवै किसिमले सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘बालविवाहका कारण बालबालिकाको सर्वांगीण विकासमा अवरोध हुन्छ’मुख्यमन्त्री आचार्यले भने,‘त्यसैले हामी बाल विवाह अन्त्यका लागि सबै किसिमले प्रतिबद्ध छौं ।’ 

लुम्बिनी प्रदेशभित्र बालविवाह एक सामाजिक समस्याको रुपमा रहेको छ । उमेर नपुगी हुने विवाहले मातृ मृत्युदर, शिशु मृत्युदर, कुपोषण जस्ता समस्या देखिएका छन् । प्रदेश सरकारले बाल विवाह अन्त्य अभियानसँग जोडिएको कार्यक्रमलाई प्राथमिकतामा राखेर पोषण कार्यक्रम सञ्चालन गरेको छ । 

त्यस्तै मुख्यमन्त्री आचार्यले बाँके र बर्दिया जिल्लामा बसोबास रहेको चिडिमार समुदायलाई सिमान्तकृत, अल्पसंख्यकको रुपमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री आचार्यसहित प्रमुख सचिव बाबुराम अधिकारी लगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशमा १४ दशमलव ६ प्रतिशत बालविवाह छ । तीमध्ये धेरै महिलाको २१ दशमलव ८ र पुरुषको ५ दशमलव ५ प्रतिशत रहेको छ । यसअघि लुम्बिनी प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश बनाउन दशवर्षे रणनीतिक योजना तयार पारिसकेको छ । त्यो रणनीतिक योजना अनुसार स्थानीयस्तरमा नीतिनियम बनाएर कार्यान्वयनमा लैजाने मुख्यमन्त्री आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सन् २०३० सम्म बालविवाह मुक्त नेपाल घोषणा गरिसक्नका लागि गत पुस १६ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर अभियानको सुरुवात गरेका थिए । त्यसपछि संघीय महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरुले संयुक्त रुपमा राष्ट्रिय अभियानको सुरुवात गरेका थिए । विश्वव्यापी यो अभियान नेपालसहित ३ महादेशका करिब ३९ राष्ट्रहरुमा सञ्चालित छ । बालविवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल र बेस नेपालले अभियान चलाउँदै आएको छ ।

WhatsApp Image 2025-01-27 at 3.06.42 PM.jpeg