२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

टिबिका सुसुप्त किटाणु खोज्दै बिएनएमटि

बिहिवार , माघ १७, २०८१

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका ३, परासीझुङ्गाका बद्रेआलम पठानकी आमालाई ८ महिना अगाडि सक्रिय क्षयरोग भएको पत्ता लाग्यो । ७ सदस्यीय परिवार रहेको पठानकी १०३ बर्षिय आमालाई क्षेयरोग लागेको पत्ता लागेपछि पठान र उनका भाइको पनि स्वास्थ्य जाँच गरियो । जाचँ गर्दा उनीहरुका दुवै भाईलाई क्षयरोगको किटाणु फेला पर्यो । क्षयरोगको किटाणु फेला परेपछि उनीहरुको उपचार शुरु भयो । १२ हप्ता अगाडि शुरु गरिएको औषधीको डोज पुरा गरेपछि अहिले उनीहरु स्वस्थ बनेका छन् ।

नेपालमा क्षेयरोगका बिरामी बढ्दो मात्रामा रहेका छन् । क्षेयरोगको अबस्था बिग्रदै गएपछि क्षयरोगलाई नियन्त्रण गर्न भन्दै रुपन्देही र नवलपरासीमा बिशेष अभियान चलाईएको छ । सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणुको पहिचानका लागि बिराट नेपाल मेडिकल ट्रष्टले दुई जिल्लामा बिशेष अभियान चलाएपछि अहिले क्षयरोगको किटाणु फेला परेका व्यक्तिहरु क्रमश  देखिन थालेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीको सहकार्यमा बिराट नेपाल मेडिकल ट्रष्टले क्षयरोगसंग नजिक रहेका घर परिवारसंग पुगेर सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणु भए नभएको पत्ता लगाउदै आएको छ ।

बिराट नेपाल मेडिकल ट्रष्टले क्षयरोगसंग नजिक रहेका १०१ घर परिवारमा पुग्दा ९४ जनामा क्षयरोगको किटाणु फेला परेको तथ्याङक व्यवस्थापन अधिकृत अस्मीता राममाझिले जनकारी दिइन् । उनले १०१ घरपरिवारका ३५७ जनालाई स्कृनिङ गर्दा ९४ जनामा क्षयरोगको किटाणु फेला परेको जानकारी दिइन ।

क्षयरोगको संक्रमणको शंका लागेका व्यक्तिहरुको खकार जाँच, छातिको एक्सरे, सिवाईटिबि टेष्ट, मलिकुलर गर्ने र त्यसको रिर्पोटको आधारमा औषधी चलाउने गरिएको कार्यक्रम संयोजक विबेचना पाण्डेले जानकारी दिइन् । रुपन्देही र नवलपरासीमा क्षयरोगको किटाणु देखा परेका ९४ जनालाई औषधी चलाउदा अहिलेसम्म ५ जनालाई निको भएको पाण्डेले जानकारी दिइन् ।

नेपालमा एक्टिभ र ल्याटेन गरी दुई प्रकारका क्षयरोगका बिरामी रहेका छन् । झण्डै ५० प्रतिशत नागरिकमा क्षयरोगका किटाणु सुसुप्त अबस्थामा रहेको स्वास्थ्य कार्यालय रुपन्दहेहीका क्षयरोग निरिक्षक टिकाराम अधिकारीले जानकारी दिए । उनले क्षयरोग मुक्त समाजको निर्माणका लागि सरकार लागि परेको उल्लेख गर्दै सरकारको अभियानमा बिएनएमटिले महत्वपुर्ण सहयोग गरेको बताए ।  

सुसुप्त अबस्थामा रहेका क्षयरोगका किटाणुको पहिचानका लागि चलाईएको बिशेष अभियानमा रुपन्देहीको रोहिणी ३ का बद्रेआलम पठान सहित ५ जनाले औषधिको डेज पुरा गरेका छन् । औषधिको डोज पुरा भएपछि उनीहरु सबै स्वस्थ बनेका छन् । १२ हप्ताको औषधि सेवन पछि क्षेयरोगको किटाणु नष्ट भएपछि पठानले क्षयरोगी भएका घरपरिवारका सदस्यले किटाणु जाँच गरेर स्वस्थ बन्न आग्रह गरे  ।

बिएनएमटी नेपालद्वारा सञ्चालित क्रिटिक परियेजनामा थ्री एचपी प्रिभेन्टिभ थेरापीको पहिलो लाभग्राही बद्रेआलाम जस्तै अन्य नागरिकलाई पनि खोजी गर्दै स्वस्थ्य समाज निर्माणमा जुट्नु पर्ने देखिन्छ । यसका लागि तीनै तहका सरकारदेखि गैरसरकारी सस्थाले हातेमालो गरेर अगाडि बढ्न जरुरी छ ।