२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

बुटवल उवासंघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

सोमवार , चैत्र २, २०७७

बुटवल, २ चैत । 
युवा उद्यमी मञ्च रुपन्देहीले बुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ । सोमबार संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै शुभकामना व्यक्त गरेको हो । 

त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले युवा उद्यमशिलता विकासको लागि संघले युवा उद्यमी मञ्चको अवधारणा ल्याएको बताउँदै युवालाई कसरी उद्यमशिल बनाउन सकिन्छ भन्ने गरी युवा उद्यमी मञ्चले कार्यक्रम गर्न सुझाव दिए । त्यस्ता कार्यक्रममा संघको पूर्ण सहयोग सहने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।

बुटवल उद्योग वाणिज्य संघमा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ अध्यक्ष हुँदा युवा उद्यमी मञ्चको गठन भएको जानकारी गराउँदै मञ्चका अध्यक्ष उमेश अमात्यले १० जना सदस्यबाट सुरु गरिएको युवा उद्यमी मञ्चमा हाल ६६ जना सदस्य रहेको जानकारी गराए । उनले युवामा उद्यमशिलताको विकासको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै संघसंगकै सहकार्यमा नवउद्यमशाला (विजनेश इन्कुवेशन) कार्यक्रम सञ्चालनकै क्रममा रहेको समेत जानकारी गराएका थिए । त्यसै गरी उनले मञ्चलाई संघको संस्थापक सदस्यता प्रदान गर्न समेत आग्रह गरे । 

त्यस अवसरमा संघका प्रथम उपाध्यक्ष प्रदिप शाक्य, सदस्य अनिस कशौधन लगायतले शुभकामना व्यक्त गरेका थिए । संघको नवनिर्वाचित कार्यसमितिमा मञ्चका संस्थापक अध्यक्ष आनन्दप्रसाद वझा एशोसियट सदस्यमा र पूर्व अध्यक्ष सुमोदमान सैंजु खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।