२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न

बिहिवार , माघ २४, २०८१

  • 874
    Shares
  • 874
    Shares
  • भैरहवा, २४ माघ । सिद्धार्थनगर नगर नगरपालिका नगर परियोजना परामर्श समितिको बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ ।  नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको बैठकमा माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले २०२४ मार्च १ देखि २०२५ फेब्रअरी २८ सम्म गरेका काम र गतिविधिहरु प्रस्तुत गरेकी थिइन् । 

    बैठकमा नगरप्रमुख खाँले माइती नेपालले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा नेपालभरीमा सिद्धार्थनगर नगरपालिकाले वेष्ट अवार्ड प्राप्त गरेको भन्दै नगरमा उत्कृष्टतालाई माइती नेपालले गरेको भूमिका सधै बचाइराख्न पनि आग्रह गरे ।

    फ्रि अ गर्ल नेदरल्याण्डको आर्थिक सहयोगमा सञ्चालित नेपाल भारत सीमापार मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि सीमा निगरानी कार्यक्रम सम्बन्धी परियोजना अन्र्तगत बैठक बसेको हो । 
    बैठकले हालसम्म गरेका कामको समीक्षा गर्दै सो गतिविधिलाई निरन्तरता दिदै आगामी दिनमा थप सीमा डेस्क व्यवस्थित गर्ने निर्णय गरेको छ । साथै बैठकमा माइती नेपालको वार्षिक कार्यप्रगतिको विवरण नगरप्रमुख खाँलाई हस्तान्तरण गरिएको थियो । 

    बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, स्वास्थ्य शाखा प्रमुर्ख इश्वरी प्रसाद न्यौपाने, कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, सामाजिक विकास शाखा प्रमुख लक्ष्मण गिरी, रोजगार संयोजक खेमराज गैरे, सूचना अधिकृत तपन पाण्डे, महिला विकास अधिकृत कौशल्या चौधरी, पत्रकार शंकर पाण्डे, प्रेस सल्लाहकार श्यामशंकर पाण्डे लगायतको उपस्थिति थियो । 

    8d17fa04-586c-4de2-99bc-905bdec805b7.jpg