
बिहिवार , माघ २४, २०८१
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एच.पि.भी.(ह्युमन प्यापीलोमा भाइरस) खोप अभियान–२०८१ सञ्चालन गरेको छ । यो अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । देशैभर सञ्चालन हुने यो अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी (किशोरी) हरुलाई विद्यालयका खोप केन्द्रहरुमा तथा विद्यालय नजाने (विद्यालयबाहिर रहेका) १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई स्वास्थ्य संस्थाहरुमा यो खोप निःशुल्क लगाइनेछ ।
एच.पि.भी. एक प्रकारको भाइरस हो । यसलाई ह्रयुमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एच.पि.भी. हो । प्रारम्भिक अवस्थामा नै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइएमा यो रोग लगाउनबाट बचाउन सकिन्छ । एक डोज खोपको मात्रा लगाएर पुग्ने एच.पि.भी. खोप ढुक्क भएर लगाउन सकिन्छ । सबै मिलेर यो खोप अभियानलाई सफल बनाउनुपर्छ । एच.पि.भी. खोपले एच.पि.भी भाइरससँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्छ । सरकारले सञ्चालन गरेको एच.पि.भी. खोप अभियान–२०८१ अभियानलाई प्रभावकारी बनाउन सबै पक्षहरूबाट सहकार्य र सहयोग आवश्यक छ ।
नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुख्यको क्यान्सर दोस्रो स्थानमा छ । र, नेपालमा क्यान्सरको कारणबाट मुत्यु हुने पाठेघरको मुखको क्यान्सर देखिएको छ । महिलाले वर्षमा कम्तीमा एकपटक पाठेघरको मुखको क्यान्सर जाँच समेत गराउनुपर्छ ।
डा. गुप्ता रुपन्देहीको भैरहवास्थित भीम अस्पतालकी प्रमुख (मेडिकल सुपरीटेण्डेण्ट) हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij