२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

मंगलवार , चैत्र ३, २०७७

काठमाडौं, ३ चैत ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः वृद्धि गरेको छ । दुई साताअघि २ रुपैयाँ बढाएको निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्यअनुसार पुनः चैत्र ३ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ र डिजेल तथा मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यस्तै आन्तरिक उडानतर्फ हवाई ईन्धनको ७४ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

एलपी ग्यास तथा अन्तर्राट्रिय उडानतर्फ हवाई ईन्धनको मूल्य भने यथावत नै रहेको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको निगमका प्रवक्ता ई. विनित मणि उपाध्यायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।