२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा १२ लाख बढीको अवैध सामान बरामद

मंगलवार , चैत्र ३, २०७७

भैरहवा, ३ चैत । 
रुपन्देहीमा १२ लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । फागुन २ गते राति २ बजे रोहिणी गाउँपालिका–२ भगवानपुर नजिकै भारतबाट भन्सार छली, चोरी, पैठारी निकासी गरी अवैध रुपमा नेपालतर्फ ल्याउँदै गर्दा अवैध सामान प्रहरीले फेला पारेपछि बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा ४९१ गोटा जिउँदो ब्रोईलर कुखुरासहित उक्त कुखुरा ओसारपोसार गर्ने लु १ च ९९२५ नम्बरको पिकअप गरी १२ लाख ९४ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए । 

बरामद गरिएको कुखुरा भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही तथा पिकअप गाडी र चालकलाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको डीएसपी थापाले जानकारी दिए ।