२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

म बुद्धिजीवी

सोमवार , फाल्गुण ५, २०८१

  • 15.5K
    Shares
  • 15.5K
    Shares
  • आज झिसमिसेमा मेरो परिचयको माग भयो 
    म नतमस्तक भए र भनिदिए म बुद्धिजीवी 
    उ जिल्ल पर्यो अनि एकोहोरो म तिर हेर्यो 
    म बुद्धिजीवी भएको उसले प्रमाणिकरण खोज्यो 
    मैले म बुद्धिजीवी भएको मेरो दस्ताबेज सुनाए

    म गर्दनमा मालाका हार, खादामा सधै सिँगारीन मनपराउने
    सजिएका मन्चमा अथितिको आशनग्रहण गरिरहन मनपराउने
    आफुलाई कसैले नमस्कार गर्दिए हुन्थ्यो भनि सधै आश गर्ने
    आफुले अरुलाई नमस्कार गर्दा आफनो उचाई कम हुन्छ कि 
    भन्ने सोच राख्ने म बुद्धिजीवी 

    आफुले बोलेको कुरामा सबैले सहि मानिदिनु पर्ने 
    अरुको राम्रो बिचारको पनि खण्डन गर्नैपर्ने 
    सबै बिषयको जानकार मै हुँभन्ने भान हुने
    आफैले आफैलाई सधै बुज्रुक ठान्ने म बुद्धिजीवी 

    संचार माध्यममा सधै अईरहन मन पराउने  
    माध्यम पाइयोकी सरकारलाई तथानाम गालि गर्ने
    मौका परे सुटुक्क त्यही सरकारको आडमा 
    गतिलो पद हत्याउन खोज्ने म बुद्धिजीवी

    आफुले बोलेको कुरालाई समय अनुसार आफैले खण्डन गर्ने 
    मौका परे मैले यो कुरा बोलेको छैन् भनिदिने  
    देशको लागि सिन्को नभाच्ने तर
    सरकारले केहि गरेन भन्ने म बुद्धिजीवी

    म बुद्धिजीवी भएको उसले मेरो प्रमाणिकरण सुनेर 
    उ तिल्मिलायो, 
    मेरो प्रमाणिकरण माथि उसले विश्लेष्ण गर्यो 
    अनि खिसिक्क हासेर मलाइ भन्यो त् बुद्धिजीवी